मेचीनगर । शिक्षक केशव पौडेलको म्युजिक भिडियो ‘धोका दिएर नछाड’ विमोचन गरिएको छ । गुरु पूर्णिमाको अवसर पारेर पौडेल स्वयम्द्वारा अभिनित भिडियो शनिबार अपराह्न्न विमोचन गरिएको हो ।
मेचीनगर १० स्थित धुलावारी माविको सभाहलमा एक कार्यक्रमका बीच भिडियो विमोचन गरिएको छ ।
शिक्षकका विभिन्न संघ तथा संगठन नेतृत्व, सामाजिक ब्यक्तित्व, सञ्चारकर्मीको उपस्थितिमा भिडियो सार्वजनिक गरिएको हो ।
कार्यक्रमलाई कला, शिक्षा र सञ्चारलाई जोडेर फरक ढंगमा सञ्चालन गरिएको थियो । सम्बन्धित क्षेत्रका तीन जना प्रमुख अतिथिसहित सुुरु भएको विमोचन कार्यक्रममा शिक्षक तथा प्रध्यापक पौडेलको बहुआयामिक प्रतिभाका बारेमा वक्ताहरुले चर्चा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथित्रय शिक्षक महासंघ झापाका निवर्तमान अध्यक्ष तेजप्रसाद चौलागाईले ब्यानर वाचन, त्रिदेव बहुमुखी क्याम्पस चारआलीकी विद्यार्थी प्रतिभा ढकालले गितका शब्दहरु गाएर तथा नेपाल पत्रकार महासंघ झापा शाखा निवर्तमान सचिव सन्तोष आचार्यले म्युजिक भिडियो प्ले गरेर विमिचोन कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चौलागाईं, ढकाल र आचार्य, अतिथिहरु शिक्षक महासंघ झापा सचिव तोयानाथ दाहाल, शिक्षक संघ मेचीनगर अध्यक्ष होमराज ढकाललगायतले पौडेलको प्रतिभाको कदर गर्दै आगमी दिनमा समेत साहित्यक तथा सांगितिक क्षेत्रको निरन्तरताका लागि शुभकामना ब्यक्त गरेका थिए ।
सो अवसरमा कोरोना प्रभावका कारण स्वास्थ्य मापदण्डको पालना गर्दै विभिन्न क्षेत्रका प्रतिनिधिमूलक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
बलभद्र जनता मावि धाइजनका शिक्षक टिकेन्द्र खनालको सञ्चालन तथा भिडियो निर्माता पौडेलले स्वागत गरेको कार्यक्रमको अध्यक्षता धुलावारी माविका प्रध्यानाध्यापक महेन्द्रविलास लुईंटेलले गरेका थिए ।
सुबास लिम्वूले छायांकन/सम्पादन तथा नेपालका पुराना पियानो बाधक तथा एरेन्जर विमल बुढाथोकीले एरेन्ज गरेको म्युजिक भिडियोलाई जेनेरिक स्टुडियो काठमाण्डौंमा मिक्सिङ गरिएको छ ।
म्युजिक भिडियोलाई स्थानीय ठाउँ बाहुनडाँगीस्थित मिनि माउन्टेन, बाहुनडाँगी क्षेत्रका चिया बगान तथा धुलावारीस्थित पौडेलको आफ्नै निवास परिसरमा छायांकन गरिएको छ ।
शनिबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोलाई लाइक, कमेन्ट तथा शेयर गरेर आफ्नो हौसला बढाई दिन पौडेलले आफ्ना शु्भेच्छुक सबैलाई अनुरोध गरेका छन् ।