धुलाबारी । मेचीनगर लेडी जेसीजको एकहप्ते स्वास्थ्य केन्द्रित कार्यक्रम सोमबार (आज) बाट सुरु हुँदैछ ।
आइतबार तेराख प्रतिष्ठान धुलावारीमा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबारबाट एकहप्तासम्म स्वास्थ्यसँग सम्बिन्धत विविध कार्यक्रम सञ्चालन गरिने जानकारी गराइएको हो ।
भदौ २८ गतेदेखि असोज २ गतेसम्म चल्ने कार्यक्रममा आम सर्वसाधारण सहभागी बन्न पाउने छन् ।
लेडी जेसीजकी अध्यक्ष सुशिला खतिवडाका अनुसार कार्यक्रम अन्तर्गत रक्तदान, दन्त परीक्षण, नाक, कान, घाटी सम्बन्धि परीक्षण, प्रयोगशाला, आँखा शिविरसहित अन्य स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।
सोमबार विहान ११ बजे मेचीनगर –१० धुलावारी बजार सिरानस्थित आगमन मेडिकल हल अगाडि रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष खतिवडाले जानकारी दिइन् ।
दोस्रो दिन मंगलबार बालदिवसको अवसरमा मेचीनगरका दुईवटा मन्ट्ेश्वरी विद्यालयहरु इजी केयर तथा नयन ताराका बालबालिकाहरुका लागि आँखा शिविरको आयोजना गरिएको छ ।
३१ गते बिहीबार तीनवटा कार्यक्रम तय भएका छन् । सबै कार्यक्रम धुलावारी माविमा हुने छन् ।
काँकरभिट्टटा स्वास्थ्य चौकीका इन्चार्ज अहेव लेखनाथ खतिवडाको नेतृत्वमा स्वास्थ्य परीक्षण हुनेछ । सोही दिन धुलावारीस्थित धुलावारी डेन्टल केयरका विनोद चौधरीद्वारा दन्त परीक्षण हुनेछ ।
धुलावारीमाविमै आगमन मेडिकल हलअन्तर्गत रहेको स्वागतम प्याथोलोजीको प्राविधिक सहयोगमा ल्याब परीक्षण गरिने छ ।
सप्ताहको अन्तिम दिन असोज २ गते दुईवटा कायक्रम तय भएको छ । विहान ११ बजेदेखि १ बजेसम्म ओम साई पाथिभराबाट आउने नाक, कान, घाँटी रोग विशेषज्ञ डा. निरोज रौनियारमार्फत स्वास्थ्य चेकजाँच हुनेछ ।
दोस्रो कार्यक्रमको रुपमा अपराह्न्न २ः३० बजेदेखि ४ बजेसम्म महिला तथा प्रशुती रोग विशेषज्ञ डा. पविना कट्टेलबाट महिला तथा प्रशुती सम्बन्धि समस्याको चेक जाँच हुने छ ।
सन् २०१३ मा स्थापना भएको लेडी जेसीजले समाजमा सचेतना जगाउने तथा सामाजिक समस्याहरुमा केन्द्रित रहेका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
पत्रकार सम्मेलनमा संस्थाकी अध्यक्ष खतिवडा, पूर्व अध्यक्ष टिका सुवेदी, कार्यकारीणि उपाध्यक्ष सुभद्रा नेपाल, उपाध्यक्ष बबिता प्रसाईंको उपस्थिति रहेको थियो ।
जेसीजले वर्ष २०२१ अन्तर्गत लागु औषध दुब्र्यसन सम्बन्धि सचेतना जगाउने, महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच, महिलाहरुका लागि हस्तकला तालिम, योग सम्बन्धि प्रशिक्षण, साहित्यक कार्यक्रम, वृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुका लागि खाद्यान्न वितरण जस्ता कार्यक्रमहरु सम्पन्न गरेको संस्थाकी वर्तमान अध्यक्ष खतिवडाले जानकारी गराइन् ।