मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मेचीनगर’ गठन भएको छ । शनिबार पार्टी क्षेत्रीय कार्यालय मेचीनगर–८ जोरसिमलमा आयोजित कार्यक्रमका बीच विद्यार्थी संगठन गठन गरिएकोे हो ।
संगठनको अध्यक्षमा रोशन तिम्सिना चयन भएका छन् । उपाध्यक्षद्वयमा कृतिका कट्टेल र विजय लुईटेल, सचिवमा निमा तामाङ, सहसचिवद्वयमा अर्चना चौधरी र कोषाध्यक्षमा सिता पवन चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रोशन दंगाल, भिमार्जुन कुवर, रिवाज बानियाँ, सञ्जय मैनाली, लक्ष्मण खरेल, सरोज खत्री, विना शिवाकोटी, दिपेश मैनाली, मैनाली, यलम्बर राई, सम्झना पाण्डे, सिताराम भेटवाल, राम राजबंशी, समिर दर्जी, प्रजिना लुंगेली मगर, निशान शिबाकोटी, प्रतिमा राई, बन्दना राई, आयुश दाहाल, प्रतिमा प्रसाई, पंकज राई, अञ्जली चम्लागाई, दुलाल मुण्डा, र खुश्वु मैनाली रहेका छन् ।
कार्यक्रममा राप्रवि संगठनका केन्द्रीय उपाध्यक्ष माधव पोख्रेल, पार्टीका केन्द्रीय सदस्य भक्ति सिटौला, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, संगठनकी केन्द्रीय सदस्य मुन्ना आलमलगायतले बोलेका थिए ।
राप्रवि संगठन कचनकबल गाउँपालिका अध्यक्ष विकास घिमिरेले सञ्चालन गरेको कार्यक्रममा स्वागत संगठनका केन्द्रीय उपाध्यक्ष पोख्रेल र सभापतित्व पार्टीकी नगर अध्यक्ष सबिना बजगाईं कट्टेलले गरेकी थिइन् ।
पार्टीको केन्द्रीय महाधिवेशन नजिकिदै गर्दा नगरमा राप्रपाले आफ्ना गतिविधि बढाउँदै लगेको छ ।