मेचीनगर । झापामा पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोेना जितेका छन् । सोही अवधिमा थप २१५ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ ।
स्वास्थ्य कार्यालयले दिएको तथ्यांक अनुसार झापामा शनिबार ८१ महिला र १३४ पुरुषमा संक्रमण भएको उल्लेख छ । त्यस्तै झापामा थप १९ जनामा एन्टिजिन पोजेटिभ आएको छ ।
पालिकागत संक्रमितहरुमा दमकमा दमकमा ८७, बिर्तामोडमा ३४, भद्रपुरमा २४, कनकाइमा १५ तथा मेचीनगर र अर्जुनधारामा १२, १२ जना रहेका छन् ।
हल्दिबारी ७, गौरादहमा ५, बुद्धशान्ति, गौरीगञ्ज, बाह्रदशी र शिवसताक्षीमा ४,४ जना तथा कमलमा ३ जना रहेका छन् ।
झापामा पछिल्लो २४ घण्टामा ६ संक्रमितको निधन भएको छ । ज्यान गुमाएकाहरुमा मेचीनगर र गौरादहका २ जना पिसीआर पोजेटिभ भएका तथा हल्दिबारी, बुुद्धशान्ति, कनकाई र दमकका गरी ४ जना एन्टिजिन पोजेटिभ रहेका छन् ।
झापामा शनिबार थप ४५० जनाको स्वाब संकलन गरिएको छ ।
झापामा हालसम्म ९ हजारबढी कोरोेना संक्रमित हुँदा २०१ जनाले ज्यान गुमाएका कार्यालयले जनाएको छ ।