अनेकतामा एकता नेपालीको विशेषता हो । नेपालमा विभिन्न जात-जाति, भाषा-भाषी र विभिन्न धर्म मान्ने मानिसहरू एक अर्काको संस्कृतिलाई सम्मान गरेर रमाउँदै आएका छन् । हरेक जात–जाति, भाषा–भाषी र धर्म मान्ने मानिसहरू एकताको सूत्रमा बाँधिदै आएका छन् । आ–आफ्ना रीतिथिति, रहनसहन चालचलनहरूमा रमाउँदै आएका छन् । विविधता नै अनेकतामा एकताको एक महत्त्वपूर्ण उदाहरण र एकताको स्थापित कडी हो। नेपालमा पूर्व देखि पश्चिम तथा हिमाल, पहाड देखि समतल भूभाग तराईसम्म छरिएर बसोबास गर्ने हरेक नेपाली चाहे हिन्दु, इस्लाम धर्म, बौद्ध, किरात लगायतले आआफ्ना चाडपर्व छन् । यी मध्ये धेरै जनसंख्याले दसैं मनाउँदै आएका छन् ।
ठूलो जनसंख्याले मनाउँदै आएको दसैंमा विद्यालयले पनि बालबालिकालाई पढाइको निरन्तरता दिने भन्दै सबै विषयको धेरै गृहकार्य दिँदै आएका छन् । गृहकार्यले एकथरि बालबालिकामा बोझ बोकाउँदै आएको छ भन्दै आएका छन् भने अर्का थरि पठन संस्कृतिलाई निरन्तरता दिँदै आएको दाबी गर्दै आएका छन् ।
हरेक चाडपर्वमा बालबालिकालाई शिक्षकले गृहकार्य दिँदै आएका छन् । सिकाइ पाठ्यक्रम अनुसार हुनुपर्छ भनेर तर त्यो अभ्यास नेपालमा अहिलेसम्म हुन सकेको छैन । कोरो किताबी ज्ञानलाई प्रशय दिँदै विद्यालयले बालबालिकालाई गृहकार्यको ठेली बोकाउँदै आएका छन् ।
सिकाइ सुनाइ, बोलाइ, पढाइ र लेखाइबाट हुन्छ । विद्यालय शिक्षकको पहिलो प्राथमिकता हुनुपर्छ र छ पनि तर अहिले पनि सिकाइ पराम्परागत मान्यताबाट नै हुने गरेको छ भन्दा फरक नपर्ने विज्ञहरू बताउँछन् ।
चाडवाड मनाउनु, पारिवारिक भोटघाट गर्नु, एक ठाउँबाट अर्कोठाउँमा घुम्नु एक ठाउँको रहन सहन चाल चलनको बारेमा सिक्नु सिकाउनु र त्यसलाई बालबालिकाको भाषिक अभिव्यक्तिबाट प्रकटीकरण गर्न लगाउँदा प्राप्त ज्ञान जीवन्त हुने पद्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद गौतब बताउँछन् ।