काँकरभिट्टा । सरकारले निश्चित मापदण्ड तोकेर सामुदायिक विद्यालयहरुलाई ‘नमुना’ विद्यालयको रुपमा विकास गर्ने नीति अघि सा¥यो । सामुदायिक विद्यालयलाई अभिभावक र बालबालिकाको रोजाईको विद्यालय बनाउन शिक्षा मन्त्रालयले २०७४ सालमा नयाँ योजना सार्वजनिक ग¥यो, जसमा दुई बर्ष भित्रमा देशभरका सयौं विद्यालयलाई त्यस क्षेत्रका उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा विकास गर्ने कुरा मुख्यरुपमा समावेश गरियो ।
देशभर चलेको नमुना विद्यालय छनोट अभियानमा झापा मेचीनगरको आदर्श मावि इँटाभट्टाको समेत नाम जोडियो । तर, शिक्षा मन्त्रालयले तय गरेको भौतिक मापदण्ड पुरा गर्न नसकेको भन्दै नमुना विद्यालय घोषणा हुन पाएन । यद्यपि शैक्षिक गुणस्तर कायम गर्ने सवालमा आम अभिभावक र विद्यार्थीको मन जित्दै पहिलो रोजाइको सामुदायिक विद्यालय बन्न पुग्यो । श्रोत साधन विनै उक्त विद्यालयलाई नमुना वनाउन विशेष भूमिका निर्वाह गर्ने तत्कालिन प्रधानाध्यापक हेमकुमार खड्कासंगको सुदूरपूर्व–संवादः
नमुना विद्यालय कसरी बन्दो रहेछ ?
विद्यालय नमुना बनाउन बजेट ठूलो कुरा हैन । इच्छा शक्ति ठूलो कुरा हो । स–साना कुरामा ध्यान दिने हो भने विद्यालय सुधार्न समय लाग्दैन । जस्तो कि, म प्रधानाध्यापक हुँदा केही नयाँ अवधारणा शुरु गर्यौ । विद्यार्थीवाटै कक्षा व्यवस्थापन समिति बनायौं । त्यो समितिले कक्षा भित्रको सम्पूर्ण व्यवस्थापनको जिम्मा लियो । कतिपय कक्षा कोठाहरुमा विग्रिएका, भत्किएका पंखाहरु विद्यार्थी आँफैले मर्मत गरे । यस्ता कामले विद्यार्थीहरुमा अपनत्व महशुुस हुने रहेछ ।
पहिला सामुदायिक विद्यालयमा फूल रोप्ने कल्पनासम्म गर्न सकिदैनथ्यो । विद्यार्थीले फूल त कहाँ वाँकी राख्छन् त, चुडी हाल्छन् नि, चोरी हाल्छन् नि भन्ने बुझाइ थियो । तर, हामीले विद्यार्थीहरुलाई विभिन्न समूहमा विभाजन गरी जमिन विभाजन गरिदियौ । त्यसपछि उनीहरुले आँफै लगानी गर्ने, घरबाट मल लिएर आउने जस्ता कामले विद्यार्थीहरु बीचमा प्रतिस्पर्धा भयो । र फूलबारी चोर्ने र मासिने भन्दा पनि फष्टाउने काम भयो । विद्यालयमा रंगरोकन गर्ने काममा समेत विद्यार्थीहरु नै प्रयोग गर्यौं । उनीहरु आँफैले स्वेच्छाले स्कूलमा रंग लगाए । त्यस्को जगेर्ना गरे स्वअनुगमन गरे । विद्यार्र्थीहरुले आँफेले काम गरेका तस्वीरहरु समेत विद्यालयमा राखिदियौं । विद्यालयलाई साँच्चै राम्रो बनाउन बाल क्लबको भूमिका महत्वपूर्ण रह्यो ।
स्कुल सुधार्न शिक्षक, अभिभावक र विद्यार्थीवीचको तालमेल कत्तिको जरुरी हुन्छ ?
विद्यालयका तीनवटा फ्याक्टर विद्यार्थी, शिक्षक र अभिभावक बीचमा राम्रो समन्वय जरुरी हुन्छ । त्यसो हुँदा विद्यालय आँफै राम्रो हुन्छ । तर, राम्रो गर्नका लागि विद्यार्थीहरुलाई समेत आइडिया र उत्प्रेरणा भने दिनु पर्ने नै हुन्छ । जापानका विद्यार्थी कक्षा कोठामा आफै पोचा लगाउँ छन् भन्ने सुनेपछि हाम्रा विद्यार्थीले पनि पुस्ने काम गरे, ट्वाइलेट पनि सफा गरे, उनीहरु आँफैले हार्पिक, फिनाइल सकिएको जानकारी गराउँथे । हामी आँफै खरिद गर्द लगाउँथ्यौं । बिल अनिवार्य मागिन्थ्यो जसले उनीहरुलाई थप व्यवहारिक बनायौं । त्यस्तै हप्तामा एकपटक कक्षा कोठा मै खाजा बनाएर खाने व्यवस्था मिलायौं । कक्षा मै ग्याँस, चुला, पकाउने सामग्रीको वन्दोवस्ती मिलायौ ।
तपाईको कार्यकालमा विद्यार्थी सिकाइ प्रकृया कस्तो थियो ?
कक्षा कोठा भित्र लर्निंङ ग्रुप बनायौं, साथीले सिकाउने वातावरण बनाउन जान्ने नजान्ने समूहलाई राउण्ड टेबलमा राखेर समूहसमूह बीच प्रतिस्पर्धा गरायौं । त्यस्तै हरेक कक्षाकोठामा इन्टरनेट पुर्यौं जसले इलर्निंगमा समेत मद्धत गर्यो । यसरी हामीले देख्दा सानासाना लाग्ने कामहरुमा ध्यान दियौं जसका लागि रकम भन्दा पनि इच्छाशक्तिको आवश्यकता पथ्र्यो । सोही इच्छाशक्ति भए यस्तै कामहरु गरेर पनि विद्यालयलाई राम्रो बनाउन सकिन्छ । इच्छा शक्ति शिक्षकमा पनि चाँहिन्छ । हेडमास्टरले बिषयगत शिक्षकको समूह बनाएर अघि बढ्नु पर्छ । लर्निङको चासो त व्यवस्थापन समितिले जान्दैन, शिक्षण सिकाइ कस्तो हुनु पर्छ भन्ने, सोधीखोजी गर्ने काम समितिको होइन । कसले कति पढाउनु पर्छ केलाई प्राथमिकता दिने भन्ने याद नहुन सक्छ ।
विद्यालय सुधार्न शिक्षक र व्यवस्थापन समितिको भूमिका चै कस्तो चाहिने रहेछ ?
विद्यालय व्यवस्थापन समिति गठन गर्ने सरकारको नीति अत्यन्त राम्रो छ । व्यवस्थापन समिति अध्यक्ष बनाउँदा सोही स्कूल मै पढ्ने विद्यार्थीको अभिभावक नै हुनु पर्ने योजना राम्रो छ । तर, भैदियो के भने यसमा राजनीतिक दलले भागबन्डा लगाइदिए । जुनसुकै विद्यालयको पनि उदाहरण हेर्ने हो भने व्यवस्थापन समितिका अध्यक्षका नानीहरु निजी विद्यालयमा अध्ययन पढेको पाइन्छ । । त्यहाँ त उहाँहरु केवल राजनीति गर्न गए जस्तो मात्र लाग्छ मलाई । अर्को कुरा व्यवस्थापन समितिको अनुमति र चाहना बिनै प्रअले मात्र केही गर्न सक्दैन, त्यसैले विद्यालयमा राम्रो शैक्षिक वातावरण बनाउन व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण रहन्छ । प्रअको भूमिकाले व्यवस्थापन समितिलाई सकारात्मक बनाउन सक्नु पर्छ । मैले स्कूलमा काम गर्दासम्म व्यवस्थापन समिति कहिल्यै नकारात्मक बन्नु परेन त्यसका लागि प्रअको भूमिका रहन्छ, प्रअ आँफूले गरेका कामले सबैभन्दा पहिला आर्थिक पारदर्शिता जरुरी हुन्छ ।
स्कुल नमुना बन्नुको आधार के थियो ?
आदर्शलाई नुमना बनाउने मुख्य आधार अंग्रेजी भाषाको पठन पाठन नै थियो । हाम्रा अभिभावकको चासो अंग्रेजी भाषामा छ । आफ्ना नानीहरु खररर अंग्रेजी वोलुन् भन्ने वुझाई छ । अंग्रेजी नै सबैथोक हो भन्नेमा अभिभावक कन्भिन्स छन् । त्यसका लागि तीन वटा बिषय अंग्रेजी माध्यममा र अन्य तीनवटा बिषय नेपाली माध्यममा पढाउँदा दुबै माध्यममा विद्यार्थीहरुले अध्ययन गर्न पाउने भए । यति भएपछि विद्यार्थी अंग्रेजी माध्यम खोज्दै अन्त जानु परेन । यसरी सरकारले दिएको अनुमतीको नमुना नभए पनि कामले नमुना विद्यालय वनायौ ।
शिक्षकहरुलाई कसरी काम लगाउनु पर्ने रहेछ ?
शिक्षकलाई एवार्ड एण्ड रिवार्डको व्यवस्था हुनु पर्छ । ब्यक्तिगतरुपमा पुरस्कृत गर्न नसके पनि राष्ट्रिय तथा स्थानीयस्तरमा स्थापित पुरस्कार प्राप्त गर्ने वातावरण तय गरिनु पर्छ । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकलाई प्रेरित गर्नसक्नु पर्छ । जिल्लाका शिक्षा प्रमुखबाट शिक्षकको कक्षा अवलोकन गर्न लगाइयो । जसबाट जिशिअ नै कक्षा अवलोकनमा आउनुभयो भन्ने उत्साह जाग्दोरहेछ । यसले शिक्षकको बनोबल उच्च हुने रहेछ । विशेषज्ञहरुलाई अवलोकन गर्न लगाउने वहाँहरुको कक्षा अरुको भन्दा के फरक छ, कति उत्कृष्ट छ भनेर विश्लेषण गर्न लगाउने । यसरी जिशिअ नै कक्षा आएपछि काम गरौं गरौं भन्ने हौसला बढ्दोरहेछ । यसरी नै ‘ल है सरहरु लाग्नुपर्छ’ भनेर शिक्षकहरुलाई सधै ढाडस दिन्थे ।
“अब यहाँ त हाम्रो मा के छ भने, विहान आउँदादेखि गाली गरेको प्रधानमन्त्रीलाई, नेताहरुलाई, जाँहुनजेलसम्म गफै त्यही हुन्छ शिक्षकको बीचमा । कुनै दिन अफिसमा/स्टाफरुममा अथवा कक्षाकोठामा बसेर शिक्षकले शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि के गर्नु पर्छ भन्ने बारेमा कहिल्यै छलफल हुँदैन । आज म मटेरियल के लिएर जाउँ भनेर कहिल्यै छलफल छैन ।”
स्रोत आवश्यकता पर्यो कि परेन ?
स्रोत त खासै थिएन । हामी आफ्नो काम गरिरहेका थियौ । पानीका धारा जोड्न नसके पनि कक्षामा पानीको बाल्टि राखिदिएका थियौं । पछि एक्सल बैंकका सरहरु आउनुभयो, योजना सोध्नुभयो, मैले बाटामा रहेको पानीको पाइप देखाएर भने त्यही पानी कक्षाकोठामा पु¥याउने योजना छ । मेरो योजना सुनेपछि उहाँहरुले डेढ लाख सहयोग गर्नुभयो । कक्षा कोठामा पानीको धारा पु¥याइयो । पछि सरकारले झापाका केही विद्यालयलाई दामासहीरुपमा बजेट दियो । संयोगले आदर्शले पनि २० लाख रुपैयाँ पायो । भवन निर्माणका लागि रकम छुट्टिएको रकमलाई शीर्षकान्तर गरेर अन्तै खर्च गराइयो । किन कि हामीलाई भवन चाहिएको थिएन, शैक्षिक गुणस्तर चाहिएको थियो ।
उक्त रकमले सिसीक्यामेरा जडान गरौ । बजेट पासभयो हामीले हरेक कक्षा कोठामा क्यामेरा अनि अफिसबाटै सम्बोधन हुने गरिएको हरेक कक्षामा साउण्ड सिस्टम जडान गरियो । सीसी क्यामेरा जडानपछि सामान्य विरोध पनि भयो । तर, विद्यार्थीको नियमितता यसले वढायो । शिक्षकहरु पनि सतर्क वने ।
अहिले अधिकांश स्कूलमा जति अनुदान आउँछ भवनमात्र बन्छ ?भवनले मात्र शैक्षिक गुणस्तर सुधार भएको छ कतै ?
आदर्शमा २ तले भवन नै थिएन, भर्खर मात्र एउटा बन्यो, विद्यालयहरु अवलोकनमा आउने तलै छैन के होला र जस्तो अनुभूती समेत भएको पाइयो । त्यसले शैक्षिक गुणस्तर बढ्दैन । अहिले विद्यालयहरुमा जानुभयो भने नमुना विल्डिङका अघाउँजी उदाहरण भेट्नु हुनेछ । भवन नगरपालिकाले बनाउने, कतिपय नमुना विल्डिङ भत्किन थाली सके । किनभने ठेक्का उनीहरुले लगाएको हुन्छ, हेडसरको काम चेक काटेर दिने बाहिरबाट हेर्ने काम मात्र हुन्छ । भवनमा मात्र किन आउँछ त भन्ने प्रश्नको उत्तर–के भने कमिसनको चलखेल त्यही हुन्छ । विद्यालय व्यवस्थापन समिति, आमा समूह, शिक्षक अभिभावक संघ जस्ता समिति त हुन्छन् तर तिनीहरु नै निरीह बन्छन् ।
पछिल्लो समय भवनमा रकम जुटाउने अन्य पक्षमा कम ध्यान दिने गरिन्छ, किन यसो गरिन्छ?
चेकमा हस्ताक्षर गर्ने भनेको हेडमास्टर नै हो । ट्रान्सपरेन्सी भनेको हेडसर मै हुनुपर्छ, एउटा विद्यालयमा भएका सबै शिक्षकहरुलाई पनि आर्थिक स्रोतको बारेमा जानकारी हुन जरुरी छ । त्यौ सबै हेड टिचरले गर्ने हो । सरकारले प्रअको छुट्टै नियुक्ती गर्ने गरिको एकपटक योजना ल्यायो तर, सर्वत्र विरोध भएपछि त्यो टिक्न सकेन । प्रअ एउटा म्यानेजर हो जसले विद्यालयको सम्पूर्ण वातावरणको व्यवस्थापन मिलाउँछ । तर, अहिले चलिरहेको प्रव्रिmया ठिक छैन् जहाँ सिनियारीटिको आधारमा छनोट हुने प्रव्रिmया छ जुन सुधार हुन आवश्यक छ ।
विद्यालयको राजनीतिक प्रभाव कसरी कम गर्न सकिएला ?
हरेक शिक्षकहरु कुनै न कुनै दलमा आस्था राख्ने नै हुन्छन् । विद्यालयको प्रअले आफ्नो दलको नेतृत्वलाई आफू सफल हुँदा यसको लाभ विद्यालयसँगै राजनीतिक पार्टीले समेत लिन सक्नेछन् भनेर कन्भिन्स गराउन सक्नुपर्छ । आफुले आस्था राख्ने पार्टीको पृष्ठपोषण गर्नेगरीको काम गर्ने हो भने त्यसले हेडसरमात्र नभई विद्यालयलाई समेत असफल बनाउँछ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९ २३:१८