धुलावारी । तराईमा मनाईने श्रद्धा र निष्ठाको पर्व छठको तयारी चलिरहेको छ ।
झापाको धुलावारीस्थित निन्दा नदी किनार श्रृङ्गार्न सुरु गरिएको छ ।
खोला किनारमा ब्रतालु बस्न मिल्ने गरी टेन्ट तथा पुजा स्थल धमाधम निर्माण भइरहेको छठ पुजा समारोह समिति अध्यक्ष रवीन्द्रलाल कर्णले जानकारी दिए ।
कर्णका अनुसार यसपटक खोलाकिनार मै चारैतिर हेलोजेन लाइट जडान गरिएको छ भने पुजास्थलमा मिनी मेलाको समेत व्यवस्था गरिएको छ । छटीमैयाको मूर्तीसमेत नदी उत्तर किनारतर्फ राखिएको उनले बताए ।
निन्दा किनारमा मात्र साढे तीनसय माथी पुजाका घाट बनिरहेको कर्णले जानकारी दिए । स्थानीय प्रशासनको सहकार्यमा पुजास्थलमा दुई सयको संख्यामा सुरक्षाकर्मीले सुरक्षा दिने व्यवस्था मिलाइएको कर्णले बताए ।
तराई बासीले मनाउने छठ पर्वमा पछिल्लो समय पहाडी मूलका मानिससमेत सहभागी हुन थालेपछि धुलावारीमा छठको रौनक बढेको अध्यक्ष कर्णले बताए ।
उनले सबै समुदायका नागरिकलाई छठ पुजामा सहभागी हुन आग्रहसमेत गरे ।
यतिबेला नेपाल भारतको सिमाना मेची नदी किनारमा पनि पुजाको तयारी भईरहेको पाइएको छ ।
आइतबार बेलुका अस्ताउँदो सूर्य तथा सोमबार विहान उदाउँदो सूर्यलाई पुजा गरेर छठ पर्व समापन हुनेछ ।
तयारीको क्रममा पुजा स्थल ; (तस्वीरहरु : विनिशा शर्मा )