धुलावारी । मंसिर ४ नजिकिंदो छ, नेपालीका लागि चुनावी माहोलमा अर्को माहोल जोडिदो क्रममा छ । नेपाली राजनीतिको खेल मैदानमा मंसिर ४ गते गणतन्त्र स्थापना पछिको दोस्रो आम निर्वाचनमा हुँदैछ ।
देशको बागडोर सम्हाल्ने अभिलाषाका साथ नेपाली राजनीतिका दिग्गज खेलाडीको फाईनल भिडन्त हुँदै गर्दा विश्वको आँखा भने विश्व कै सर्वाधिक लोकप्रिय खेल फुटवलको महाकुम्भ २२ आौं संस्करणको उद्घाटन खेलमा लाग्दै हुनेछ ।
आगामी ५ बर्षको लागि सत्ताको जिम्मेवारी प्रदान गर्नका लागि नेपाली आफ्नो मताधिकारको प्रयोग गर्दै गर्दा उता कतारमा भने विश्व फुटबलको ताज पहिरन विश्वका ३२ राष्ट्रका खेलाडी जम्मा भैसकेका हुनेछन् ।
हामीले खसालेका मतको बाकसहरु सिलबन्दि गरेर गणना स्थल पु¥याउने काम हुँदै गर्दा कतारमा भने विश्व कप फुटबलको उद्घाटनको भव्य समारोह चल्दै हुनेछ । यता मत गणनाको प्रारम्भिक नतिजाबाट आ–आफ्नो दल वा उमेदवारको पक्षमा समर्थकहरु रमाउँदै गर्दा उता खेलप्रेमीहरु आ–आफ्नो समर्थन रहेका टिमको पक्षमा हुटिङ गरिरहेका हुनेछन् । खेलप्रेमी विशेष गरी फुटबलका पारखीका लागि यो विश्व कप प्रतियोगिता ४/४ वर्षमा लाग्ने महाकुम्भ हो भने राजनीतिमा चाख राख्नेहरुका लागि पनि यो आम निर्वाचन ५/५ वर्षमा आउने महाकुम्भ नै हो तर यति फरक छ कि फुटबलको महाकुम्भ निश्चित ४ वर्षको रहन्छ भने नेपाली राजनीतिको महाकुम्भ बेटुङ्गोको छ ।
विश्व कै सर्वाधिक लोकप्रिय खेल फुटबलको पनि सबैभन्दा धेरै रुचि र चासो रहेको प्रतियोगिता विश्वकप फुटबल प्रतियोगिता नजिकिदै गर्दा यसैसँग जोडिएका केही चर्चा :
२२ आौं संस्करणसम्म आईपुगेको यो प्रतियोगिता यही नोभेम्वर २० तारिख अर्थात मंसिर ४ गतेबाट सुरु हँुदैछ । आयोजक राष्ट्र कतार रहेको यसपटकको विश्व कप त्यहाको मौसम प्रतिकुलताका कारण प्राय जुन–जुलाईमा आयोजना हुने गरेको प्रतियोगिता पछाडि राखिएको हो ।
सहभागी राष्ट्रको संख्या आधारमा यो विश्वकप अन्तिम हुनेछ किनभने यसपछिको सन् २०२६ मा हुने २३ आौं संस्करणदेखि फिफाले सहभागी राष्ट्रहरुको संख्या बढाएर ४८ पु¥याउने घोषणा गरिसकेको छ । त्यसकारण पनि ३२ राष्ट्रको सहभागिता रहने यो विश्व कप अन्तिम हुनेछ ।
अर्कोतिर यो विश्वकप आयोजना स्थलको आधारमा पहिलो पनि हो । मिडल ईष्टको कतारमा हुन गईरहेको यो प्रतियोगिता यसअघि सो क्षेत्रमा आयोजना भएकै थिएन त्यो अर्थमा पनि यो पहिलो हो ।
यस प्रतियोगिताका लागि छनौट हुने अन्तिम राष्ट्र कोष्टारिका हो भने पहिलो राष्ट्र कतार हो जुन आयोजकका हैसियतबाट यस प्रतियोतामा स्वतः छनौट भएको थियो । त्यस्तै फ्रान्सले पूर्व विश्व विजेताको हैसियतमा यो प्रतियोगितामा स्वतः स्थान सुरक्षित गरेको हो भने बाँकि राष्ट्रहरुले विभिन्न छनौट चरण पार गर्दै आ–आफ्नो टिकट कतारको लागि सुरक्षित गरेका हुन् ।
विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन् । चार पटक विश्व विजेता जर्मनी, दुई पटकको विजेता फ्रान्स, एक पटकको विजेता स्पेन र इंग्ल्याण्डसहित डेनमार्क, बेल्जियम, क्रोएशिया, सर्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्याण्ड र वेल्स कतारमा खेल्नेछन् ।
त्यस्तै एसिया महादेशबाट हाल सम्मकै सर्वाधिक ५ राष्ट्रले सहभागीता जनाउन लागेको यो विश्व कपमा एसिया पेसेफिक बाट नै छनौट खेल्दै आएको अष्ट्रेलिया पनि सहभागी हुँदैछ । आयोजक कतार बाहेक विश्वकप २०२२ खेल्न कतार जाने अन्य एसियाली राष्ट्रमा दक्षिण कोरिया, जापान, इरान र साउदी अरेबिया रहेनेछन् ।
अफ्रिकाबाट घाना, सेनेगल, ट्यूनिशिया, मोरक्को र क्यामरून सहभागी छन् । त्यस्तै दक्षिण र उत्तर अमेरिकाबाट समान चार टोलीले कतारमा हुने विश्वकप खेल्ने छन् । दक्षिण अमेरिकाबाट हालसम्म सबैभन्दा बढी पटक विश्वकप उचालेको ब्रजिल, दुई पटकको विश्व विजेता आर्जेन्टिना र युरुग्वे अनि इक्वेडर प्रतिष्पर्धामा उत्रिदै छन् । उत्तर अमेरिकाबाट भने क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिका छन् ।
यसपटकको विश्व महासंग्राममा छनौट हुन असफल केही चर्चित राष्ट्रमा ६ पटक फाईनल पुग्दै ४ पटक विश्व कपको उपाधि उचालि सकेको इटलीका साथै कोलम्विया र स्विडेन रहेकाछन् । अर्थात ईटली, कोलम्बिया र स्विडेन यसपटकको विश्व कप प्रतियोगितामा हुने छैनन् ।
प्रतियोगितामा सहभागी ३२ राष्ट्रलाई A देखि H सम्म जम्मा ८ वटा समुहमा विभाजन गरिएको छ । जस अन्तर्गत समूह A मा आायोजक कतारसँगै सेनेगल, इक्वेडर र विश्व कपमा अभागि राष्ट्र भनेर चिनिने तीन पटकको उपविजेता नेदरल्यान्डस् रहेकाछन् ।
यसैगरी समूह B मा एसियाली राष्ट्र ईरान सँग अमेरिका र वेल्सका साथै एक पटक विश्व कपको फानलमा पुगेर उपाधि जितेको राष्ट्र इङ्गलेण्ड रहेको छ ।
त्यस्तै समूह C मा यसपटक विश्व फुटबलको हस्ति मानिने ५ पटक विश्व कप फाइनलको अनुभवि तथा दुई पटकको विजेता अर्जेन्टिनाको सामना मेक्सिको, पोलेण्ड र एसियाली राष्ट्र साउदी अरेबियाले गर्नेछन् ।
तिनपटक फाईनल खेलेर दुईपटक विश्व कपको ट्रफि चुमि सकेको फ्रान्ससँगै अष्ट्रेलिया , डेनमार्क र ट्युनेसिया यसपटक समूह D अन्तर्गत एकआपसमा भिड्नेछन् भने समूह E मा एसियालि राष्ट्र जापानले विश्वकप फुटबलको फाइनलको सर्वाधिक अनुभवि (८ पटकको फाइनलिष्ट) तथा ४ पटकको विश्व विजेता–जर्मनीका साथै एक पटकको विश्व विजेता स्पेन र अर्को राष्ट्र कोष्टारिकासँग खेल्नेछ ।
हाल विश्व वरियतामा नम्बर दुईमा रहेको बेल्जियमले समूह F अन्तर्गत क्यानडा, मोरक्को र क्राएसियासँग खेल्नेछ ।
फुटबलको पर्यायको रुपमा चिनिने, सात पटक विश्वकप फाइनल खेलेर ५ पटकको विजेता, हाल विश्व वरियतामा नम्बर एकमा रहेको ब्राजिलको सामना गर्न सर्विया, स्विजरलेण्ड र क्यामरुन समूह G अन्तर्गत तयार रहनेछन् ।
यसैगरी अन्तिम समूह H मा भने विश्व फुटबलमा लोकप्रिय तर विश्व कपको फाइनलमा अहिलेसम्म पुग्न असफल पोर्चुगलका साथै दुईपटक को विश्व विजेता उरुग्वे, अफ्रिकी राष्ट्र घाना र एसियाली राष्ट्र दक्षिण कोरिया रहनेछन् ।
समूह चरण–खेल तालिका (नेपाली समय अनुसार)
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ ०७:२२