मेचीनगर । स्वास्थ्य कार्यालय झापाले कोभिड–१९ विरुद्धको खोप अभियानमा सहभागी बन्न आग्रह गरेको छ ।
यसअघि कोभिड–१९ विरुद्धमा जुनसुकै खोपको पहिलो मात्रा, दोस्रो मात्रा तथा पहिलो श्रृङखला पुरा गर्ने १२ वर्षमाथिका सबैमा खोप लगाउन अनुरोध गरिएको कार्यालयले जनाएको छ ।
‘झापामा करिब ४० प्रतिशत नागरिकले बुस्टर डोज लगाउँन अझै बाँकी रहेको तथ्यांक हामीसँग छ,‘कार्यालय प्रमुख रमेश बाह्रकोटीले भने– यसअघि मोर्डना, एस्ट्राजेनेका, भेरोसेल, कोभिसिल्ड वा अन्य खोप लगाएकाले पनि यो पटक फाइजर खोप लगाउन सकिन्छ ।’
जेएण्डजे खोप बाहेक अन्य खोपका बढीमा दुईवटासम्म डोज लगाएकाले यो पटक फाइजरको खोप लगाउन सकिने उनले बताए । जेएण्डजेको भने पहिलो खोप मै मात्रा पुरा हुनेहुँदा बुस्टर डोजको रुपमा दोस्रो मात्रा लगाइन्छ ।
खोप अभियान जिल्लाका सबै स्थानीय तहले तोकेका स्वास्थ्य संस्थाबाट प्राप्त गर्न सकिन कार्यालयल जनाएको छ ।
आइतबारबाट सुरु भएको अभियान मंसिर ६ गतेसम्म चल्ने छ ।
नेपालमा पछिल्लो पटक कोरोनाका नयाँ संक्रमित नियमितरुपमा थपिरहँदा खोप अभियानलाई प्राथमिकतामा राख्न जरुरी देखिएको छ ।