धुलावारी । मानव अधिकार तथा शान्ति समाज झापा सभापतिमा सुशिला रिजाल चयन भएकी छिन् । समाजको वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि रिजालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपसभापतिमा प्रकाश दाहाल, सचिवमा धनु भट्टराई, कोषाध्यक्षमा प्रेम प्रकाश भण्डारी तथा सह–सचिवमा ज्ञानु थापा चयन भएका छन् ।
त्यस्तै सदस्यमा रमेश दाहाल, युवराज ढकाल, भास्कर निरौला, चेतनाथ बास्तोला, पवित्रा दर्नाल र देवेन्द्र पौडेलल चयन भएका छन् । थप चार सदस्य कार्यसमितिले मनोनित गर्ने बताइएको छ ।
मेचीनगर–१०, स्थित धुलावारी माविको सभाहलमा आयोजित साधारण सभामा समाजका केन्द्रीय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागीता रहेको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि विष्णुप्रसाद भट्टराईले मानव अधिकारको क्षेत्रमा ऐन तथा विधानले निर्दिष्ट गरेका बिषयमा अझ ब्यापक बनाएर लैजानु पर्नेमा जोड दिए ।
केन्द्रीय सचिव विकास थापाले गैरनाफामूलक समाजिक संस्थाको रुपमा रहेको मानव अधिकार तथा शान्ति समाजले सदस्यको ब्यक्तिगत लगानीमा राष्ट्रियस्तरका विभिन्न कार्यक्रम गर्न सफल भएकोमा सबै सदस्य तथा शुभेच्छुकप्रति आभार प्रकट गरे ।
कार्यक्रममा संस्थाका पूर्व केन्द्रीय सदस्य पुष्पराज पौडेल, पूर्व जिल्ला अध्यक्ष टिकेन्द्र खनालगायतले शुभकामना ब्यक्त गरेका थिए । सोही अवसरमा थप ७ जनालाई समाजको आजीवन सदस्यता प्रदान गरिएको थियो । योसँगै झापामा समाजको आजीवन सदस्य संख्या २९ पुगेको जानकारी गराइयो ।
साधारण सभाले समाजको केन्द्रीय भवन निर्माणका लागि नगद एक लाख रुपैयाँ सहयोग गर्ने प्रस्ताव पारित गरेको छ ।
समाजको आशन्न राष्ट्रिय अधिवेशनका लागि उम्मेदवार मनोनयनका लागि पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाको नाम प्रस्ताव गरेको छ । साथै अधिवेशन सहभागी प्रतिनिधिसमेत छनौट गरेको छ ।
समाजका उप–सभापति सुभाष रिजालले स्वागत गरेको कार्यक्रमको अध्यक्षता शाखा सभापति लिलाप्रसाद भण्डारी तथा सञ्चालन सचिव रमेश कुमार दाहालले गरेका थिए ।
वि.सं. २०५३ सालमा स्थापना भएको समाजले मावन अधिकार, लोकतन्त्र, शान्ति तथा अहिंसालाई मूलमन्त्र मानेर सक्रियरुपमा कार्य गर्दै आइरहेको छ ।