मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ मा यो सामाचार तयार पार्दासम्म ३१ हजार ९४७ मत गणना भइसकेको छ ।
क्षेत्र नं. १ मा कुल ८१ हजार ३३१ मत खसेको छ । जसमा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले १५ हजार ९४० मतका साथ अग्रता लिइरहेका छन् । शर्मालाई नेकपा एमालेका अग्नी खरेलले १० हजार ८९ मतका साथ पछ्याइ रहेका छन् ।
हालसम्म मेचीनगरका ५२ केन्द्रका मतगणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कुल १३४ केन्द्र रहेको क्षेत्र नं. १ मा अब ८२ केन्द्रको नतिजा आउन बाँकी छ ।
अहिले ८ वटा मतपेटिका खोलिएका छन् । जनज्योती मावि बुद्धशान्ति ५, लक्ष्मी आवि मेचीनगर ७, सरस्वती आवि मेचीनगर ७, अरनिको मावि मेचीनगर ७ को एक स्थानमा गणना भइरहेको छ ।
त्यस्तै अर्को स्थानमा लक्ष्मी आवि मेचीनगर ७ 'ख', ज्ञानद्वीप आवि मेचीनगर १५, कविशिरोमणी मावि मेचीनगर ९ तथा शिशु साक्षर आवि मेचीनगर १० केन्द्रका मतपेटिका खोलिएको छ ।
झापा निर्वाचन क्षेत्र नं. १ मा २१ वटा वडा छन् । जसमा मेचीनगरका १५ वटा, बुद्धशान्ति गाउँपालिकाका ४ वटा तथा भद्रपुर नगरपालिकाका २ वटा वडा समावेश छन् ।
हेर्नुहोस् गणना भइसकेका केन्द्र :