मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत समानुपातिकतर्फको मत गणना जारी छ ।
निर्वाचन अधिकृत टंकमणी महतका अनुसार क्षेत्र नं १ मा हालसम्म ४८ हजार ७९९ मत गणना भइ सकेको छ ।
प्राप्त पछिल्लो मतगणना अनुसार नेपाली काँग्रेस १७ हजार ११३ मत प्राप्त गर्दै अग्रस्थानमा छ ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेले १४ हजार ११३ मत प्राप्त गर्दा ८ हजार ५१९ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(१ हजार ८२० मत), मंगोल नेशनल अर्गनाइजेशन (१ हजार ५२०) तथा नेकपा माआवादी (केन्द्र)(१ हजार २५३) मतका साथ क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।
क्षेत्र नं. १ मा समानुपातिकमा कुल ८१ हजार ७६४ मत खसेको छ ।
प्रतिनिधि सभातर्फ निर्वाचन आयोगमा दर्ता भएका दलमध्ये प्रदेश नं १ बाट कुल ४७ दलले चुनाव चिन्ह लिएका छन् ।
क्षेत्रगतरुपमा देशभरबाट प्राप्त मतको आधारमा राजनीतिक दलले समानुपातिकतर्फका सांसद प्राप्त गर्ने प्रावधान रहेको छ ।
पछिल्लो मतसंख्या हेर्दा एक सांसद बराबर करिब १ लाख मत आवश्यक पर्ने देखिन्छ । तर, राजनीतिक दलले समानुपातिक सांसद प्राप्त गर्न कुल सदर मतको ३ प्रतिशत थ्रेस होल्ड पुरा गरेको हुनु पर्नेछ ।
हेर्नुहोस् झापा क्षेत्र नं १ को समानुपातिक मतपरिणाम