मेचीनगर । नेपाल शिक्षक संघ मेचीनगर अध्यक्षमा शान्ता निरौला चयन भएकी छिन् । धुलावारी माविमा संघको शनिबार सम्पन्न दोस्रोे अधिवेशनले निरौलाको अध्यक्षतामा ३० सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
आगामी तीन बर्षे कार्यकालका लागि निरौलाको अध्यक्षतामा गठित समितिको खुला उपाध्यक्षमा देवेन्द्र निरौला, महिला उपाध्यक्षमा सीता कार्की, सचिवमा निरन गौतम, अर्थ सचिवमा खड्गकुमारी तिम्सिना, सह–सचिवमा राजेश भट्टराई, महिला सह–सचिवमा अञ्जु भट्टराई, अर्थ सह–सचिवमा विशाल भट्टराई, समावेशी सहसचिवमा मिरा मेचे, सहसचिव अर्थ महिलामा पवित्रा दर्नाल चयन भएका छन् ।
त्यसैगरी सदस्यमा टिका खतिवडा, शारदा निरौला, सुर्य ढुङ्गाना, गोमा घिमिरे कट्टेल, तुलसा उप्रेती, प्रविण दियाली, खगेन्द्र कुमार सुवेदी, निलु शर्मा, भुपाल राजवंशी, पुष्पा पोखरेल, डिल्लीमाया प्रधान, शन्तलाल माझी, गिता कटुवाल रहेका छन् । त्यस्तै दिलकुमार मेचे, अनिता भट्टराई, डम्बरकुमार श्रेष्ठ, चोपेन्द्र चौहान, कृष्णमाया क्षेत्री, अम्बिका भण्डारी र कमला बास्तोला चयन भएका छन् । थप दुई सदस्य कार्य समितिको बैठकबाट मनोनित गरिने बताइएको छ ।
सोही अवसरमा मेचीनगरका विभिन्न सामुदायिक विद्यालयमा नेतृत्व गरिरहेका २७ प्रधानाध्यापकलाई सम्मान गरिएको थियो । साथै शिक्षक सेवा आयोगमार्फत नव नियक्त शिक्षकलाई स्वागत तथा सेवा निभृत्त हुनु भएका शिक्षकको विदाई तथा सम्मान गरिएको थियो ।
नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद पोख्रेलको प्रमुुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथि शिक्षक संघ झापा सचिव तोया दाहाल, महासंघका पूर्व अध्यक्ष तेजप्रसाद चौलागाईं, शिक्षक महासंघ मेचीनगर अध्यक्ष लेखनाथ पौडेल, संघ प्रदेश प्रतिनिधि रमेश दाहाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
अध्यक्ष होमराज ढकालको सभापतित्वमा सम्पन्न अधिवेशनमा स्वागत रमेश दाहाल तथा सञ्चालन संघका सह–सचिव टिकेन्द्र ढकालले गरेका थिए ।
अध्यक्षमा निर्वाचित निरौला दिपेन्द्र आधारभूत विद्यालय मेचीनगर ४ की प्रधानाध्यापक हुन् ।
वि.सं. २०४८ सालबाट शिक्षण सेवा सुरुवात गरेकी निरौला शिक्षासँगै समाजका विभिन्न ओहोदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेकी छिन् ।
सबै तस्बिरः टिएन दाहाल भास्करको फेसबुकबाट !