मेचीनगर । मेचीनगरमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नगरपालिकाका कोभिड फोकल पर्सन नबिन बरालका अनुसार मंगलबार थप ६९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
साथै नगरमा आजनै १२ जनाले कोरोना जितेका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ७९ पुगेको छ ।
वडा नम्बर– ८ स्थित आदर्श माविमा संकलन गरिएका कुल १०९ स्वाब मध्ये ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मेची अञ्चल अस्पतालको पिसीआर प्रयोगशालाबाट रिपोर्ट प्राप्त भएको हो ।
मेचीनगरबाट संकलन गरि पठाइएका करिब दुई स्वाबको नतिजा आउने क्रममा छ । मंगलबार मात्र नगरमा ७४ जनाको स्वाब संकलकन गरिएको छ ।
मेची अञ्चल अस्पताल भद्रपुरमा रिएजेन्ट अभाव भएपछि स्वाब परीक्षणका लागि कनकाईको कोटीहोम साथै धरान, विराटनगर पठाउन थालिएको छ ।
मेचीनगरका ६९ सहित झापामा मंगलबार थप २१९ जनामा कोरोना संक्रमण भएको छ ।
साथै मंगलबारनै झापामा ९४ जनामा कोरोनामुक्त भएका छन् ।
जिल्लामा कनकाई र अर्जुनधारा गरी दुई पुरुषको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।