कचनकवल । कचनकवल पालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मोती माविले जितेको छ ।
शुक्रबार सम्पन्न प्रतियोगिताको विभिन्न बिधामा प्राप्त गरेको पदकको आधारमा मोती माविले प्रथम स्थान हासिल गरेको हो ।
मोतीले ५ स्वर्ण, ५ रजत र २ काश्य गरी कुल १२ पदक जितेको हो । दोस्रो स्थान प्राप्त गरेको विद्यानिकेतन माविले ५ स्वर्ण, ३ रजत र १ काश्यसहित ९ पदक हात पार्यो।
५ स्वर्ण, १ काश्यसहित ६ पदकसहित महेन्द्ररत्न मावि तेस्रो तथा ४ स्वर्ण, ६ रजत र ६ काश्यसहित १६ पदक जितेको लक्ष्मी माविले चौथो स्थान हासिल गर्यो।
विजेतालाई कार्यक्रमका प्रमुख अतिथि मेयर राजवंशी, विशिष्ट अतिथिलगायतले ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कचनकवल-३ स्थित पथरिया माविको खेल मैदानमा बुधबारबाट तीन दिनसम्म चलेको प्रतियोगितामा पालिका भरका सामुदायिक तथा संस्थागत गरी १५ विध्यालय सहभागी थिए ।
गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यता तथा शिक्षा शाखा प्रमुख मनिता बरालको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन कार्यक्रमको संचालन प्राविधिक सहायक सुनिता दाहाल तथा समापन कार्यक्रमको संचालन खेल संयोजक शिक्षक डिल्लीराम भट्टराईले गरेका थिए ।