विर्तामोड । नेपाल शिक्षक संघ झापाको नवौं अधिवेशन समुद्घाटन भएको छ । प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गरे ।
सो अवसरमा झापाका १५ पालिकाका उत्कृष्ट १७ शिक्षक लाई सम्मान गरिएको छ । सम्मानित हुनु हुनेहरुमा महेन्द्र रत्न मावि अनारमनीका केशव प्रसाईं, बलभद्र मावि मेचीनगरका टिकेन्द्र खनाल, सरस्वती मावि दमकका सिताराम ढकाल, कटरडाँगी आधारभुत मावि बाह्रदशीका रितुकान्त झा, हल्दिबारी मावि हल्दिबारीका सोमबहादुर तामाङ, नमुना आधारभुत विद्यालय बुद्धशान्तिका ज्ञानेन्द्र घिमिरे रहेका छन् ।
त्यस्तै जनता मावि अर्जुनधाराका डम्बर केशर नेपाल, बालकल्याण मावि गौरीगंजका भिमप्रसाद कोइराला, आदर्श विध्या मन्दिर कनकाईका शैलेन्द्र कर्ण, डिल्लीराज मावि झापाका गोविन्द राजवंशी, कालिका आधारभुत विध्यालय कमलका दुर्गाप्रसाद चापागाईं रहेका छन् ।
त्यसैगरी प्रगति मावि गौरादहका दिननाथ कडरिया, चन्द्रमान ज्योति मावि भद्रपुरका गोपालकुमार राई, राष्ट्रिय रमणीय आदर्श मावि शिवसताक्षीका गणेशप्रसाद भण्डारी, शिव मावि विर्तामोडका मित्रलाल खनाल, देवी मावि विर्तामोडका उरादेवी अधिकारी र जनज्योती आधारभुत मावि भद्रपुरकी बालविकास शिक्षक निर्मला थपलिया रहेका छन् ।
सम्मानित शिक्षकलाई प्रमुख अतिथि शर्मा, विशिष्ट अतिथि काँग्रेस झापाका सभापति देउमान थेवे, उपसभापति केशवराज पाण्डे, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राज कुमार बिकलगायतले सम्मान पत्र, दोसल्ला ओढाएर सम्मान गरे ।
अधिवेशनको उद्घाटन सत्र चलिरहँदा अतिथिहरुले शुभकामना मन्तव्य राख्ने क्रम जारी छ । अधिवेशन नेपाली काँग्रेस झापाको पार्टी कार्यलय महानन्द चौक विर्तामोडमा आयोजना गरिएको छ ।
संघका जिल्ला अध्यक्ष नेत्र खरेलको सभापतित्व रहेको कार्यक्रमको संचालन संघका जिल्ला सचिव योगेन्द्र पौडेलले गरिरहेका छन् ।