विर्तामोड । नेपाल शिक्षक संघ झापा अध्यक्षमा तोया दाहाल 'भास्कर' निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार
नवौं अधिवेशनबाट आगामी ४ वर्षे कार्यकालका लागि दाहालको नेतृत्वमा शिक्षक संघ झापाले सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको हो ।
समिति संयोजक प्रकाश भण्डारीका अनुसार
संघको उपाध्यक्षमा कुमार खतिवडा तथा महिला उपाध्यक्षमा धनकुमारी खरेल 'लता' निर्वाचित भएका छन् ।
सचिवमा देबेन्द्र चन्द्र सिंह राजवंशी तथा अर्थ सचिवमा गणेश गिरी चयन भएका छन् ।
सह-सचिवमा युवराज कट्टेल, सह-सचिवमा, महिलामा रिता निरौला, अर्थ महिलामा तुलसा खरेल मैनाली र समावेशीमा मनकुमार योङ्हाङ एवम् हरीप्रसाद राजवंशी निर्वाचित भएका छन् ।
त्यसैगरी खुला सदस्यमा टंकप्रसाद तुम्बाहाम्फो, हरीप्रसाद प्रसाईं, रुद्रप्रसाद धमला र तेजस्वी पौडेल निर्वाचित भएका छन् ।
महिला सदस्यमा देवकीकुमारी राजवंशी, सीता सिटौला दाहाल र निर्मला पोखरेल चयन भएका छन् ।
त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा तेजप्रसाद चम्लागाईँ, नरहरी न्यौपाने, कृष्णप्रसाद वन, लिलाप्रसाद भण्डारी र भरत भट्टराई निर्वाचित भएका छन् ।
महिलातर्फ मेनुका दाहाल, भुमादेवी आङ्देम्वे, फुलहेरा खातुन रहेका छन् ।
त्यसैगरी संघीय महाधिवेशन प्रतिनिधिमा नेत्रप्रसाद खरेल, चित्रकला ओली, रुपक दाहाल, बद्री कार्की र भवानीप्रसाद लुईंटेल निर्वाचित भएका छन् ।
महिलातर्फ कृष्णमाया रिजाल र अनिता रिजाल निर्वाचित भएका छ्न् ।
नवनिर्वाचित समितिको पदस्थापन आगामी चैत ४ गते शनिवार गिरिजाप्रसाद स्मृति भवन विर्तामोडमा दिउँसो १ बजेका तय भएको निर्वाचन समिति सदस्य होमराज ढकालले जानकारी दिए ।
संघको नवौं जिल्ला अधिवेशन नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले शनिवार समुद्घाटन गरेका थिए ।