विर्तामोड । नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा दर्जनौं पुरस्कृत भएका छन् ।
विर्तामोड महानन्द चोकस्थित गिरिजाप्रसाद कोइराला स्मृति भवनमा २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा अग्रज शिक्षक सम्मान तथा अभिनन्दन गरिएको हो ।
सम्मानित हुने प्रअहरुमा मोहनमाया मावि बिर्तामोडका शेरबहादुर श्रेष्ठ, दिपीनी आवि दमकका शेषकुमार निरौला
तथा गौतम बुद्ध प्राविकी शोभा गुरुङ रहेका छन्।
हेर्नुहोस् उत्कृष्ट हुने शिक्षक नामावली:
उत्कृष्ट हुने शिक्षक तथा कर्मचारीलाई प्रमुख अतिथी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद सरिता प्रसाईं, अतिथि, काँग्रेस झापा सभापति देउमान थेवे, शिक्षा विकास तथा समन्वय इकाई झापा प्रमुख राजकुमार विक, शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लागाईँलगायतले नगद, दोसल्ला तथा प्रशंसापत्रसहित सम्मान गरेका थिए ।
कार्यक्रममा संघका पालिकागत शाखा मध्ये उत्कृष्ट सांगठनिक शाखाको रुपमा शिक्षक संघ कचनकवल शाखा सम्मानित भएको छ।
सम्मानित व्यक्तित्वलाई नगद १ हजारदेखि ४ हजारसम्म रुपैयाँसम्म प्रदान गरिएको थियो। पुरस्कार दाताले स्थापना गरेका स्मृति कोषबाट प्रदान गरिएको संघका झापा अध्यक्ष दाहालले बताए ।
सो अवसरमा कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै शिक्षक संघ झापा अध्यक्ष तोया दाहालले शिक्षकको सेवा अवधि गणना नहुने विषय, उच्चमावि तहमा अन्योल रहेको अनुदान दरवन्दी, पछिल्लोपटक स्थायी सेवा प्रवेश गरेका शिक्षकले पाउने पेन्सन व्यवस्था तथा संघीय शिक्षा ऐनलगायतका विषयमा ध्यानाकर्षण गराए । उनले राज्य र शिक्षक महासंघ वीचमा भएका सम्झौता कहाँ पुगेको छ खोजी गरिदिन साँसद प्रसाईंलाई आग्रह गरे।
कार्यक्रममा संघीय प्रतिनिधि तथा प्रअ रुपक दाहाल
नेका झापा सचिव कृष्ण हुमागाईँ, शिक्षा विकास तथा समन्वय इकाई झापा प्रमुख बिकलगायतले मन्तब्य राखेका थिए ।
जिल्ला अध्यक्ष दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कुमार खतिवडा तथा संचालन सचिव देवेन्द्रचन्द्र सिंह राजवंशीले गरेका थिए।