सौन्दर्य शास्त्र जसलाई अंग्रेजीमा Aesthetic भनिन्छ जुन ग्रिक भाषाबाट आएको हो जस्को अर्थ धारणा भन्ने हुन्छ । यो आफैमा एउटा चाख लाग्दो विषय हो । विद्यमान हाम्रो समाजमा सौन्दर्यको बारेमा धेरै दृष्टिकोण तथा धारणाहरु रहेको छन् ।
आखिर मानिस किन सुन्दर हुन चाहन्छ ? मानिस किन अर्को भन्दा राम्रो तथा सुन्दरहुन चाहन्छ ? किन अरुबाट आफ्नो ध्यान खिच्न चाहन्छ ? त्यस्को लागि उ किन विभिन्न किसिमका उपायहरु अपनाउन तयार हुन्छ ? उ बजारमा उपलब्ध भएसम्मका सौन्दर्य सामग्री प्रयोग गर्न खोज्दछ, अझ यो जिज्ञासा किसोर तथा युवाहरुमाझ असाध्य धेरैहुने गर्दछ । आफ्नो साथीसँगीहरुको अगाडि उ फरक तथा राम्रो देखिनलाई मेहनत गरिरहन्छ ।
मानवीय प्रवृति किन यस्तो हुन्छ, यस्बाट उसलाई तथा समाजलाई के फाइदा हुन सक्दछ ?यस आलेखमायिनै विषयहरुको बारेमा उत्तर खोजिएको छ । सर्वप्रथम त हरेक वस्तु आफैमा सुन्दर हुने गर्दछ । कुनै पनि वस्तु कुरुप हुदैन । यती हुदा हुदै पनि हरेक मानिस राम्रो वस्तु पाउन खोज्दछ ।
राम्रो वस्तुको पछाडि सबै परेको देखिन्छ । बाटोमा हिँड्दा राम्रो फूल देखेमा आहा कति राम्रो फूल, आहा कती राम्रो घर, कति राम्रो बाटो, कति राम्रो हिमाल, कति राम्रो ठाँउ, त्यती मात्र नभएर आहा कति राम्री केटी सम्म भन्न भ्याउछन् । मानिसलाई वस्तु बनाउन कति बेर पनि लाग्दैन ।
सुन्दरता एउटा कल्पना हो, कला हो, भावना हो, स्पर्श हो । सौन्दर्य शास्त्रको बारेमा हिन्दीमा विभिन्न किताब तथा अनुसन्धानहरु प्रकासन भएको पाइन्छ । त्यस्मा अनेकौ विदवानहरुको फरक फरक मत रहेको पाइन्छ । कसैले यस्लाई प्रमुख पक्ष मान्दछ भने कसैले यस्लाई सहायक पक्ष मान्दछ । व्यवहारको कारण सुन्दरताको सृजना हुन्छ भन्ने मान्यता मेरो रहेको छ ।
सुन्दरता आफैमा अमुर्त छ के कुरा ले कति सुन्दर बनाएको छ त्यस्लाई मापन तथा मूल्याकंन गर्न सकिन्दैन कुनै अंग वा पार्ट विशेषले सुन्दरतालाई मुल्याकंन गर्न सकिन्दैन । के लाई सुन्दर, के लाई कुरुप भन्नयो प्रश्नको उत्तर आज सम्म कसैले दिन सकेको छैन । त्यस्को मापदण्डहरु के के हुन कसैले भन्ने अवस्था छैन केवल यो त हाम्रो मस्तिष्कमा आउने अनुभुति मात्र हो । एकजनालाई असाध्यै सुन्दर लागेको अर्कोलाई त्यती नै त्यही मात्रामा नलाग्न सक्दछ । तल माथि हुन्छ त्यस्कारण यो भन्न सकिन्छ सौन्दर्यशास्त्र आफैमा पूर्ण रुपमा वैज्ञानिक तथा यथार्थवादी अवधारणाहोइन ।
एक ठाँउमा एक जनालाई भएको अनुभूति अर्कोलाई त्यही मात्रामा नहुनुले त्यो कुरालाई प्रमाणित गर्दछ । अझ नेपालीमा त एउटा भनाई नै छ बाली नाली अकार्को राम्रो, छोराछोरी आफ्नो राम्रो यस्को अर्थ छोराछोरी जुनसुकै आवस्थामा पनि आफ्नो राम्रो भन्नुले आफ्नो छोराछोरी अरुको छोराछोरीभन्दा सुन्दर छन् भन्नु नै हो ।
कुनै एक जोडी प्रेममा परेर विवाह गर्छन आपसमा बडो प्रेम गर्छन एकले अर्कोलाई खुबै प्रशंसा गर्छन एक अर्का विना बाच्नै नसक्ने कसम समेत खान्छन तर त्यही जोडी भविषयमा गएर सम्बन्ध विच्छेद गर्ने घटनामा पुगे पछि एकले अर्कालाई हेर्न समेत रुचाउदैनन बाटोमा जम्का भेट भए पनि आँखा तर्केर हिडछन आखिर त्यस्तो किन हुन्छ हिजो सम्म त्यो मानिस जसलाई संसारकै सुन्दर देखेको उ विना बाच्नै नसक्ने तर सम्बन्ध विच्छेत पछि सबै एक्कासी परिवर्तन हुन्छ सुन्दरता एक्कासी कुरुपमा बदलियो सुन्दरता सुन्दर रहन सकेन । त्यहाँ बानी व्यवहार प्रमुखता बन्यो सुन्दरताको ठाँउ विस्तारै व्यवहारले लिदै गयो ।
उमेर ढल्के सँग शारीरिक तथा मानसिक परिवर्तनहरु हुदै जान्छन । हामीलाई आज असाध्यै मन पर्ने एक्टर एक्ट्रेस मन नपर्न थाल्छ । छि कति बुढो भएछ, कति नराम्रो देखिएको कस्तो फिल्ममा नसुहाएको भन्न हामी पछि पर्दैनौ हिजो युवा व्यस्क हुदा असाध्यै मन पर्ने मानिसलाई आज हामी किन यसरी घृणा गरीरहेको छौं,मन पराउज छाडेको छौं तर अर्को तिर हेर्ने हो भने हामीलाई जन्म दिन आमा वुवा जति नै बुढा बुढी भए पनि हाम्रो माया तथा श्रद्धामा कुनै कमी आउदैन बलकी बढेर जान्छ । हामी उहाँहरुलाई सदैव सुन्दर देख्छौ, माया गर्न कहिले छाडदैनौ यो अनुभुती सदैव भइरहन्छ छुटिएर गएको छोराछोरीलाई पनि सदैव आमा वुवाको यादले सताइ रहेको हुन्छ । भोली मलाई पनि मेरो छोराछोरीले यस्तै गर्छन कि, मलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन्छ कि भनेर हामी चिन्तित हुन्छौ । त्यस्कारण सौन्दर्य शास्त्र एउटा निरपेक्ष धारणा हो । यो परिवर्तनशिल छ यो आफैमा साध्य होइन ।
आजको पँुजीवादले हामीलाई केवल माल(न्ययमक) बनाएको छ । सुन्दरतालाई मुल्यमा तुलना गरेको छ । कति महङ्गो ब्युटी पार्लरमा मेकअप ग¥यो कती ठूलो पार्लरमा मेकअप गरायो सुन्दरता त्याहाँबाट निर्धारण भएको छ । प्राकृतिक सुन्दरता भन्दा कृत्रिम सुन्दरतामा बढी जोड दिइएको छ । महिनौ लगाएर आर्जन गरेको आम्दानी सुन्दर हुने नाममा जती पनि खर्च गर्न पछि पर्दैनौ यस्ले उस्लाई आर्थिक रुपमा कंंगाल बनाएर लगेको छ । परिवारमा बिखन्डन ल्याएको छ ।केवल अल्पकालीन सुन्दरता तथा क्षणिक देखावटीकोे लागि भविष्य माथि खेलबाड गरिरहेको पाइन्छ । पक्कै पनिनेपाली समाज प्राकृतिक सुन्दरता भन्दा कृत्रिम सुन्दरता तिर जानुले एउटा चिन्ताको विषय बनेको छ ।
सुन्दरता अमुुर्त छ यस्लाई मुर्त रुपमा खोज्नु हुदैन कृत्रिमताले केवल झुक्याउन सक्दछ निष्कर्शमा पु¥याउन सक्दैन । मानिस आफैमा एउटा सुन्दर प्रजाति हो यस्लाई थप सुन्दर बन्नको लािग कृतिमता आवश्यक पर्दैन । जनावर, पंछिहरु जो प्राकृतिक रुपमा नै रहेको छ के हामी कृत्रिम सुन्दरता नगरेको भनेर घृणा गरेका छौ बल्की त्यसलाई हेर्न भनेर जंगल सफारी देखि विभिन्न जंगल धाउछौैंं । प्राकृतिक सुन्दरता भन्दा अन्य कुनै सुन्दरता हुनै सक्दैन ।
-लेखक, पेशाले शिक्षक/प्राध्यापक उनी सामाजिक विषयवस्तुमा कलम चलाउँछन् ।