काँकरभिट्टा। काँकरभिट्टामा शनिबार एक कार्यक्रमका बीच रगत संकलन गरिएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर नगर कमिटीले आफ्नो ४४औँ स्थापना दिवसको अवसरमा लक्ष्मी नारायण मन्दिर परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
संगठनका अध्यक्ष राजकुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका नगरप्रमुख गोपाल बुढाथोकीले जीवन-मरणका चरणमा रगत अपरिहार्य मानिने बताए ।
रगतको मुल्य नहुने र सबैभन्दा ठूलो दान नै रक्तदान भएको आफुले दान गरेको रगतबाट कसैको जीवन बच्छ भने त्यो भन्दा ठूलो दान अरु केही नहुने उनले बताए । रगत बैंकहरुमा रगतको अभाव नहोस भन्ने उद्घेश्यले आफ्नो स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए ।
संकलित रगत नेपाल रेडक्रस सोसाईटीलाई हस्तान्तरण गरिएको छ । रगत अभावमा कसैले पनि अकालमै मृत्युवरण गर्नु नपरोस र जिल्लाका रक्त बैंकहरुमा रगतको अभाव नहोस भन्ने उद्घेश्यले सामाजिक जिम्मेवारी वहनका लागि पनि रचनात्मक रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
नेपाल रेडक्रस सोसाइटि भद्रपुर शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा २० जनाले रक्तदान गरेको संगठनले जनाएको छ ।
साे अवसरमा ट्राफिक प्रहरीलाई कीट हस्तान्तरण गरिएकाे थियाे । सुरक्षाकर्मी, सञ्चारकर्मी, मजदुरसहित सर्वसाधारणले रक्तदान गरेका थिए ।
संगठनका केन्द्रीय सदस्य खडान्द भण्डारी, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रनाउ दिपक भारतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव दावा तामाङले गरेका थिए ।