बाल्यकालको सम्झना सबैका लागि प्रिय नै हुन्छ । किनकी प्रत्येक मानिसको आ–आफ्नै बाल्यकाल हुन्छ । आफ्नो समाज, वस्तु परिस्थितिअनुसार उसले आफ्नो बाल्यकाल बिताएको हुन्छ । अहिले पनि मलाई आफ्नो बाल्यकालको बारेमा सम्झि रहँदा हिजो जस्तो लाग्छ ।
पहिलो पटक बुवाको हात समातेर बजार गएको, बाटोमा देखेको, बजारमा देखेको विभिन्न प्रकारका साम्रग्री सबै घर लान पाए जस्तो लाग्थ्यो । अहिले मलाई मेरो छोरीले त्यसरी नै विभिन्न वस्तुहरु मागि रहँदा समय कति चाँडो बित्दो रहेछ भन्ने कुराको भानहुन्छ ।
हुनत समय कसैको लागि कति चाडो बित्ला कसैको लागि असाध्यै ढिलो ।
"एक जना प्रेमीको लागि आफ्नो प्रमिकालाई भोलिपल्ट भेट्ने समय कति ढिलो बिते जस्तो लाग्दो हो त भोलिपल्ट फाँसीको सजाय पाएको कैदीलाई कति चाँडो गुज्रे जस्तो ।"
समयको पर्खाई भोली हुने घटनाले पनि प्रभाव पार्छ ।
बाल्यकालाई सम्झि रहँदा म विद्यालय पढ्दा हरेक दिन एक रुपैयाँ मागेर विद्यालय जाने गर्थे त्यो पैसाले म ढुङग्री तथा आलुदम खान्थे जब मेरो विद्यालय जाने बेला हुन्थ्यो म मेरो हातको एउटा औला आमालाई देखाउने गर्थे । आमाले बुझिहाल्नु हुन्थ्यो अनि मलाई एक रुपैयाँ दिनु हुन्थ्यो यसरी मेरो लागि आमाले हरेक दिन एक रुपैयाँ छुट्याउनु हुन्थ्यो ।
आमाले खान बनाउँदा मलाई झोल भन्दा सुख्खा मनपर्ने हरेक दिन मलाई सुख्खा सब्जी दिनुहुन्थ्यो । अनि कुनै दिन सुख्खा निकाल्न बिर्सनुभयो भने म खाने बेलामा असाध्यै झगडा गर्ने अनि आमाले अरुको बाट मागेर भए पनि मलाई सुख्खा सब्जी ल्याएर दिनुहन्थ्यो । सायद यस्तो किसिमको माया आफ्नो सन्तानलाई कसैले गर्न सक्दछ भने त्यो आमा नै हुनुपर्दछ । कुनै दिन बाबुले मलाई पिट्दा म घरबाट भागेर पर जान्थे अनि आमाले मलाई फकाएर घरमा ल्याउनु हुन्थ्यो र बिस्तारै नबोली खाना खाएर सुत भन्नु हुन्थ्यो । अनि म डराएर त्यस्तै गर्थे ।
म सानो छँदा विरामी हँुदा जहिल्यै एकै प्रकारको सपना देख्ने गर्थे त्यो सपना अहिले पनि मलाई याद छ एक प्रकारको काँडा मलाई घोच्न आउथ्यो अनि म भाग्थे । त्यही भएर होला बिरामी हँुदा मलाई सुत्न असाध्यै डर लाग्थ्यो । मलाई अहिले पनि याद छ म बिरामी भएर सुतिरहेको बेलामेरो बुवाले उठ बाबु हेर त यो पैसा त लैजा भनेर रातो नोट देखाउनु भएको सायद त्यो नोट पाँच वा बिसको हुनुपर्छ अहिले सोच्दा ।
मलाई उठेर हिँडोस भनेर सायद बुवाले त्यसो गरेको हुनु पर्दछ । विद्यालय जाँदा म समय मै जाने गर्थे सर मिसहरुसँग बोल्न डर लाग्थ्यो अनुशासनको पूर्ण रुपमा पालान गर्दा गर्दै पनि कुनै कुनै बेला अरुले गरेको गल्तिले पनि पिटाई खाने गरिन्थ्यो । आजकाल म विद्यार्थीहरुमा नैतिक मुल्यमान्यता असाध्यै कम भएको देख्छु, पढाई प्रतिको सिरियसनेस कम भएको देख्छु । सायद समयको अन्तराल वा शिक्षामा आएको परिवर्तनले पनि हुनु पर्दछ ।
चाडबाडलाई सम्झिदा विषेश गरेर दशै कहिले आउछ भनेर जहिल्यै महिना गनेर बस्ने गर्दथे, गाँउघरमा चाडबाडअसाध्यै रमाइलो हुने गर्दछ अहिले पनिहुन्छ । दशैको फूलपातीको दिन गाँउमा रागाँ काट्ने गर्छन म भागीको मासु लिन जाने गर्थे । मासुलाई आगोमा पोलेर घाममा सुकाएर राख्ने गरिन्थ्यो पछि टिकाको दिनसम्म त्यो सिकुटी बनाएको मासु हामी खाने गर्थिम । तिहारमा देउसी खेल्ने मैनबत्ती बाल्ने अनि आमाले पकाउनु भएको सेलरोटी खान असाध्य मज्जा आउथ्यो, अहिले पनि आमाले त्यसरी नै तिहारमा रोटी पकाउनु हुन्छ । चाडबाडको बेला गाँउमा एक दिन अर्को छिमेकीकोमा खाने भने अर्को
दिन अर्कोकोमा खान बोलाउने गर्थे । यो निक्कै लोभलाग्दो परम्परा हाम्रो गाउँमा रहेछ । यसरी मिलेर सबैजनाले काम गर्नु समाजवादतर्फको एउटा विन्दु हुन सक्छ जस्तो मलाई अहिले लाग्छ । हाम्रो रोपाईको दिन धेरै जना खेतला आउनु हुन्थ्यो पर्मको रुपमा पछि आमाबाबा उहाँहरुको रोपाईँको दिन पनि त्यसरी नै सघाउन जानु हुन्थ्यो । त्यो अहिले बिस्तारै हराउँदै गएको देख्छु । अहिले त सबै जना हाजिराको रुपमा काम गर्ने मात्र छन् पर्मा गर्ने विस्तारै हराउँदै गएको छ ।
एक दिनको कुरा हो रातको दश वा एघार बजेको थियो हाम्रो घरमा चोरी भयो । एउटा गाई र एउटा गोरु चोरीभयो । अनि गाउँका सबै जना ठुला मानिसहरु खोज्नलाई जानुभयो गाई भने एक घन्टापछि आँफै आयो तर गोरु भने भेट्न सकिएन भोली पल्ट पर्सी पल्ट पनि त्यस्लाई खोजी गरियो तर भेटिएन । गाई अलिबढी बदमासी खालको थियो सायद त्यही भएर चोरले तानेर लाँदा पनि भागेर आएको हुन सक्छ । त्यो घटनाबाट मैले थाहा पाएको थिए समाजमा सबै राम्रो मानिस मात्र नहुँदो रहेछ भनेर किनकी किसान परिवारको गोरु हराउनु भनेको निक्कै ठूलो समस्या हुन्थ्यो । घटनाको केही समय पश्चात बुवाले अर्को एउटा गोरु किनेर पुनः हल बाँध्न्भयो ।
सानो छदा म दाईहरुसँग खोलामा माछा मार्न जाने गर्थे, खोलामा नुहाँउने माछा मार्ने अझवर्षे विदामा त यो प्रक्रिया झनै बढी हुने गथ्र्याे । म दैनिकरुपमा माछा मारेर घरमा ल्याउने गर्थेे कोही बेलाबल्छी खेलेर माछा मार्ने गर्थे भने कोही बेला पानी थुनेर माछा मार्ने गर्थे । मलाई थाहा छ मेरो एसएलसीको रिजल्ट आएको दिन पनि म च्याउ खोज्न गएको थिएपछि गाँउको एक जना भाउजुबाट थाहा भयो रिजल्ट आयो भनेर त्यतिबेला भोली पल्टमात्र गोरखा पत्र हेरेर थाहा हुने गथ्र्याे । मैले एसएलसी पास गरेर ११ कक्षा पढ्न थालेपछि बिस्तारै मेरो दैनिकी पनि बदलिँदै गयो साथीहरुमा पनि त्यस्तै परिवर्तन आएको हुनुपर्छ । अहिले मेरो बाल्यकालका कतिपय साथीहरु विदेशमा छन् भने कतिपय साथीहरु कामको सिलसिलामा देशकै विभिन्न ठाउँमा छन् ।
-लेखक, पेशाले शिक्षक/प्राध्यापक उनी सामाजिक विषयवस्तुमा कलम चलाउँछन् ।