मेचीनगर । नारायणी मेमोरियल फाउण्डेश (नेम) फाउण्डेशन झापाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
फाउण्डेशनले सोमबार एक कार्यक्रमका बीच आदर्श माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी विकास गौतमलाई १० हजार रुपैयाँ प्रदान गरेको छ ।
दाताहरु चन्द्रकुमारी उप्रेती, सिताराम उप्रेती, घनश्याम उप्रेतीले आफ्ना स्वर्गीय बुबा धनपती उप्रेतीको स्मृतिमा छात्रवृत्ति स्वरुप सो रकम प्रदान गरिएको हो ।
फाउण्डेशका कोषाध्यक्ष टंकप्रसाद पाठकले छात्रवृत्ति रकमको पहिलो किस्ता ६ हजार रुपैयाँ प्रदान गरे ।
छात्रवृत्ति छनोट समिति सचिव रामकुमार पाठकले जेहेन्दार विद्यार्थीलाई फाउण्डेशनको तर्फबाट निरन्तर सहयोग गरिने बताए । उनले छात्रवृत्ति रकमलाई उच्च शिक्षासम्म प्रदान गरिने प्रतिवद्द्ता जनाए ।
विद्यालयको तर्फबाट प्रअ कृष्ण पुरीले विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि प्रदान गरिने यस किसिमका सहयोगबाट विद्यार्थी तथा अभिभावकका लागि ठूलो सहयोग मिल्ने बताए । उनले छात्रवृत्ति रकम उपलब्ध गराएकोमा फाण्डेशप्रति आभार प्रकट गरे ।
विद्यालयको छनोट फाउण्डेशले तथा विद्यार्थीको छनोट विद्यालयले गर्ने गरेको छ ।
२० लाख रकमबाट २०७८ सालमा स्थापना भएको संस्थाको कोषमा हाल १ करोड ५० लाख रुपैयाँ पुगेको कोषाध्यक्ष पाठकले बताए । उनका अनुसार हालसम्म ५३ जनालाई छात्रवृत्ति प्रदान गरि सकिएको छ।
झापाको कन्काई ४ मा प्रदान कार्यालय रहेको संस्था हाल झापा, इलाम, पाँचथर र तेह्रथुममा विस्तारित छ। कार्यक्रमको सहजीकरण शिक्षक लम्वोदर पौडेलले गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो।