मेचीनगर । 'विद्यालय शिक्षा विधेयक–२०८०' सम्बन्धमा नेपाल शिक्षक महासंघले सडक आन्दोलन घोषणा गरेको छ ।
असोज ३ गतेबाट काठमाण्डौंमा हुने वृहत् सडक प्रदर्शनीमा सहभागी हुन देशभरका शिक्षकहरुमा महासंघले आह्वान गरि सकेको छ ।
देशभरका आम शिक्षक तथा कर्मचारी आन्दोलिन बनिरहेको सन्दर्भमा शिक्षक महासंघ मेचीनगरले समेत आन्दोलनलाई सफल बनाउन सबैमा अपिल गरेको छ ।
सोमबार शिक्षक महासंघ मेचीनगरको अगुवाईमा बसेको शिक्षक सम्बद्ध सम्पूर्ण घटकको पूर्ण वैठकले महासंघ केन्द्रीय समितिले घोषणा गरेको कार्यक्रममा सहभागी हुन सबैमा अपिल गर्ने निर्णय गरेको महासंघ मेचीनगर अध्यक्ष लेखनाथ पौडेलले बताए ।
महासंघको तर्फबाट जारी गरिएको विज्ञप्तिमा महासंघ अध्यक्ष पौडेलसहित अन्य आठ वटा पेसागत संघ–संगठनका प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।
विज्ञप्तिमा मेचीनगर क्षेत्र भित्रका सम्पूर्ण विद्यालय बन्द गरी राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुन विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारी वर्गमा अपिल गरिएको छ ।
एक महिना लामो शान्तिपूर्ण आन्दोलनलाई सरकारले वेवास्ता गरेको भन्दै विद्यालय बन्द गरी आन्दोलनमा सहभागी हुनु आफ्नो बाध्यता रहेको विज्ञप्तिमा उल्लेख छ ।
विद्यालय बन्द हुँदा आम विद्यार्थीमा पर्न जाने शैक्षिक क्षति उपयुक्त वैकल्पिक समयमा व्यवस्थापन गरिनेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :