इटाभट्टा। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रवार विद्यार्थीमाझ अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
मेचीनगर-८ स्थित आदर्श माविका विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजनामा सम्पन्न अन्तर्कृयामा विद्यार्थी, शिक्षक, जनप्रतिनिधि , सुरक्षा निकाय, पत्रकारलगायत सहभागी थिए ।
सो अवसरमा प्रहरी निरीक्षक अर्जुनकुमार पोख्रेलले हिंसाको प्रकृति, सो सम्बन्धमा अपनाउनु पर्ने सावधानी तथा वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।
प्रहरी निरीक्षक पोख्रेलले घरेलु हिंसाको न्यायालय, प्रहरी कार्यालय, जिल्ला प्रशासन र स्थानीय सरकारअन्तर्गत पालिका र वडामा उजुरी दिन सकिने जानकारी गराइएका थिए ।
विद्यार्थीहरुले हिंसाका प्रकृति, यस अन्तर्गत हुने कारबाहीका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष गिरिराज धमला, मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टा अध्यक्ष मुक्ती पौडेलललगायतले लैङ्गिक हिंसाका सम्बन्धमा आम मानिसको भूमिकाको चर्चा गरेका थिए ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन विश्वभर लैङ्गिक हिंसा विरुद्धको अभियान मनाईन्छ । १६ दिने अभियान आइतबार समापन हुँदैछ ।