मेचीनगर । मेचीनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन गठन गरिएको छ ।
शुक्रबार मेचीनगर-८ इटाभट्टामा आयोजित विद्यार्थी भेलाका बीच राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नगर समिति गठन गरिएको विद्यार्थी नेता चरण प्रसाईंले जानकारी दिए ।
शोभियत श्रेष्ठको अध्यक्षता गठित ३१ सदस्यीय समितिको उपाध्यक्षमा अमृत खतिवडा र सचिवमा सागर न्यौपाने चयन भएका छन् ।
त्यस्तै समितिको कोषाध्यक्षमा शारदा शिवाकोटी र सहसचिवद्वयमा विशाल भट्टराई र पर्वत खनाल रहेका छन् ।
सोही अवसरमा १९ सदस्यीय आदर्श मावि मेचीनगर इकाइ समितिसमेत गठन गरिएको प्रसाईंले बताए ।
मानबहादुर दर्जीको अध्यक्षतामा ११-१२ मा अध्ययनरत विद्यार्थीहरु बीच समिति गठन गरिएको उनले बताए ।
राप्रपा युवक संगठनका राजु शिवाकोटीको प्रमुख अथितिमा सम्पन कार्यक्रममा विद्यार्थी संगठनका चरण प्रसाईं, हिमाल बजगाई, सन्जोक खनाल, सागर शिवाकोटी, शिव गौतमलगायतको सहभागिता रहेको थियो ।
सन्जोक खनालले स्वागत गरेको कार्यक्रमको संचालन चरण प्रसाईंले गरेका थिए ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाले हाल इकाई, नगर हुँदै जिल्ला सम्मेलनको तयारी गरिरहेको संगठनका शिवाकोटीले बताए ।