विर्तामोड । विज्ञान शिक्षक समाज झापा अध्यक्षमा लिलाप्रसाद भण्डारी चयन भएका छन् ।
समाजको दोस्रो जिल्ला अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि लिलाप्रसाद भण्डारीको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा चन्द्रबिनोद कोइराला, सचिवमा खेमराज गौतम, कोषाध्यक्षमा हीमादेवी ओझा र सहसचिवमा निर्मल पोख्रेल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा किरण अधिकारी खत्री(मेचीनगर), मनोज कुमार राजवंशी( बुद्दशान्ती), दुर्गा निरौला(कचनकवल), दिपक अर्याल(विर्तामोड), विकास दाहाल(कनकाई), उज्जवल खरेल(अर्जुनधारा), राजेश डाँगी(हल्दिवारी), विश्वनाथ राजवंशी(भद्रपुर), कर्मा शेर्पा(गौरीगन्ज), विक्रमकुमार शाह(दमक) र नगेन्द्र ढकाल(शिवसताक्षी) रहेका छन् । अन्य पालिकाका सदस्य पछि चयन हुनेछन् ।
त्यस्तै पालिका प्रतिनिधितर्फ हेमेन्द्र निरौला(मेचीनगर), दुर्गामणी मिश्र(बुद्धशान्ती), गोविन्द भण्डारी( विर्तामोड), निश्चल पौडेल( अर्जुनधारा), घनश्याम उप्रेती(बाह्रदशी), पुरुषोत्तम खरेल(भद्रपुर), सोमनाथ सिटौला(कनकाई) र शिवकुमार आङ्बो(शिवसताक्षी) रहेका छन् ।
समावेशी सदस्यमा सुम्निमा राई(विर्तामोड) मनोनित भएकी छिन्। अधिवेशनले प्रदेश प्रतिनिधिको रुपमा गिरिधर कट्टेल निर्विरोध निर्वाचित गरेको छ ।
कार्यसमितिले थप २ जना मनोनित गर्ने छ ।
सो अवसरमा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै समाजका निवर्तमान अध्यक्ष महेन्द्रविलास लुइँटेलले समाजको स्थापनमा विगतमा भएका असहजताका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमका वक्ताहरूले विज्ञान शिक्षकलाई विद्यालय भित्र र बाहिर विशिष्टरुपमा हेर्ने गरिएको बताउँदै विज्ञानका गतिविधिलाई सकृयरुपमा अघि बढाउन आग्रह गरे ।
कार्यक्रममा नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईं, झापा अध्यक्ष तोयानाथ दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन झापा सचिव लम्बोदर पौडेल, एकीकृत अखिल नेपाल शिक्षक संगठन कोशी प्रदेश समिति महासचिव कपिलदेव तिम्सिनालगायतले शुभकामना मन्तब्य राखेका थिए ।
देवी माध्यमिक विद्यालय विर्तामोडको सभाहलमा आयोजित अधिवेशनमा झापा जिल्लाभरका विज्ञान शिक्षकहरु सहभागी थिए ।
विज्ञान शिक्षक समाज नेपालले तीन दशक अघिबाटै गतिविधि गर्दै आएपनि विधिवतरुपमा २०६६ सालमा दर्ता भएको छ ।
समाजका केन्द्रीय सल्लाहकार कृष्णप्रसाद पाठकको प्रमुख आतिथ्यता, निवर्तमान अध्यक्ष महेन्द्रविलास लुइँटेलको अध्यक्षता रहेको कार्यक्रममा स्वागत कोषाध्यक्ष गिरिराज कट्टेल र संचालन लिलाप्रसाद भण्डारीले गरेका थिए ।