काँकरभिट्टा। सेवा प्रदायकहरुका लागि मनोसामाजिक परामर्श सम्बन्धी ३ दिने सामूहिक खुला मन सहयोग कार्यक्रम सम्पन्न भएको छ ।
माघ २१, २२ र २३ गतेसम्म संचालन भएको तालिममा समस्या व्यवस्थापन सम्बन्धी विधि, आधारभूत सिप, अमौखिक सिपलगायतका विषयमा खेल र प्रयोगात्मक शैलीमा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण शक्ति समूह झापा-इलाम परियोजना संयोजक रिना विक, रत्ना श्रेष्ठ र मिरा भट्टराईले संयुक्तरूपमा गरेका थिए ।
खुला मन्चमा विभिन्न संघसंस्थामा आवद्ध रहि सेवा प्रवाह गरिरहनु भएका शिक्षक ,माइती नेपाल, साना हात नेपाल, आफन्त नेपाल, क्षति न्यूनीकरण विभिन्न सुधार के न्द्र, OCMC , महिला स्वास्थ्य स्वयम्सेविका , यातायात व्यवसायी संघका प्रतिनिधि गरी २१ बढीको सहभागीता रहेको थियो।
सहभागीका तर्फबाट सबैलाई आफ्नो धारणा तथा प्रतिक्रिया राख्ने अवसर प्रदान गरिएको थियो ।
शक्ति समूहले आयोजना गरेको प्रशिक्षण कार्यक्रम होटल इष्ट्रन ग्राण्ड काँकरभिट्टामा संचालन भएको थियो ।