बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले दुई दिने प्रभावकारी भाषणकला तालिम सुरु भएको छ ।
भिरपाखा रिसोर्ट मेचीनगर ४ मा सुरु भएको तालिमको उद्घाटन नेपाल जेसीजका तालिम आयुक्त सुयोग खरेलले गरेका थिए ।
तालिममा जेसीजका सदस्य र र विद्यार्थीहरु गरी ५० जनाको सहभागिता रहेको छ । तालिमका लागि शाखाले २ दिन अघि नै सहभागिको नाम फाइनल गरेको थियो ।
नेपाल जेसीजले सञ्चालन गर्ने तालिमको नमुनाका आधारमा सञ्चालन गरेको यो तालिम बाहुण्डाँगीमा पहिलो पटक अभ्यास गरिएको हो ।
तालिममा रेडियो बिराटकी प्रबन्धक निर्देशक लिला अनमोल प्रमुख प्रशिक्षकका रुपमा रहेकी छिन् ।
शाखा अध्यक्ष देबु बानियाँको सभापतित्व तथा नेपाल जेसीजका तालिम आयुक्त सुयोग खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा विशेष अतिथि वडा नम्बर २ का अध्यक्ष तथा बाहुण्डाँगी जेसीजका पूर्व अध्यक्ष दिपक बराल, नेपाल जेसीजका पूर्व उपाध्यक्ष राजिप प्रसाईँ, मेचीनगर ४ का वडा सदस्य गिता लुङ्गेली, होम स्टे एशोसियशनका कोशी प्रदेश सचिव मञ्जल देवानलगायतले बोलेका थिए ।
कार्यक्रम संयोजक सामुल रायाले स्वागत गरेको कार्यक्रममा आस्था पाठ व्यक्तिगत क्षेत्रका उपाध्यक्ष थेसीस रुचाल र सञ्चालन महासचिव सुस्मिता खतिवडाले गरेकी थिइन् ।
यो तालिमसँगै बाहुण्डाँगी जेसीजले २ महिनामा १४ वटा कार्यक्रम सम्पन्न गरिसकेको छ भने नेपाल जेसीजबाट जनवरी र फ्रेब्रुअरी दुबै महिनाको कार्य संपादनतर्फ उत्कृष्ट हुँदै अवार्ड प्राप्त गरिसकेको छ ।