बाहुण्डाँगी । नारी दिवसको अवसर पारेर बाहुण्डाँगी जेसीजले नारी विशेष आत्मरक्षा तालिम सम्पन्न गरेको छ ।
बाहुण्डाँगी जेसीज खुल्ला शाखा भए पनि शुक्रबार महिला सद्स्यहरुलाई मात्र सहभागी गराएर तालिम सम्पन्न गरेको हो ।
जेसीजमै पहिलो पटक महिला कार्यकारिणी उपाध्यक्षलाई अध्यक्षताको जिम्मेवारी दिएर नौलो अभ्यास सुरु गरेको अध्यक्ष देबु बानियाँले बताए ।
‘जेसीज नेतृत्व र व्यक्तित्व विकास गर्ने सस्था हो, यसैलाई आत्मासाथ गर्दै हरेक सदस्यहरुमा नेतृत्व बिकास हुनु पर्छ–अध्यक्ष देबु बानियाले भने, एक महिना अघिसमेत आँफू बाहिर रहँदा साथीहरुले आँखा शिविर राख्नुभयो, आज महिला दिवसमा आत्मरक्षा ।
तालिम कार्यक्रमको संयोजन संयोजक रिना दर्जी, प्रमुख अतिथि महिला वडा सदस्य गिता देवी लुङ्गेली, प्रशिक्षक सम्झना सारु मगर तथा सहभागीको रुपमा छात्रा विद्यार्थी थिए ।
महिला अधिकारको नारा मात्र होइन अवसर समेत दिनुपर्छ त्यसका लागि सबै महिला सक्षम रहेको अध्यक्ष बानियाँले बताए ।
कार्यक्रममा सहभागी वक्ताहरुले यस किसिमको कार्यक्रम पहिलो पटक अनुभूति गरेको प्रतिक्रिया दिएका थिए । जहाँ पनि पुरुष प्रधान हुने गथ्र्यो तर, आज सबै महिलाहरु बीच भएको यो कार्यक्रम साच्चै नारी दिवस जस्तो अनुभूति भयो सहभागी एश्वर्या सुवेदिले भनिन् ।
सहभागी छात्राहरुको तर्फबाट कार्यक्रम संयोजक रीना दर्जीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुस्मिता खतिवडाले गरेकी थिइन् ।
सहभागीहरुको तर्फबाट प्रकृति र कृतिका थापाले बोलेका थिए ।
पछिल्लो समय उत्कृष्ट कार्यक्रमहरु पस्किरहेको बाहुण्डाँगी जेसीजले कार्य सम्पादनमा देशभरका शाखाहरुलाई उछिन्दै अग्रस्थान प्राप्त गर्दै अवार्डसमेत प्राप्त गरिरहेको छ ।