धुलाबारी । नेपाली काँग्रेसको भातृ संगठन लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र नं १ सभापतिमा राम मगर निर्वाचित भएका छन् ।
सोमबार क्षेत्रीय पार्टी कार्यालय धुलाबारीमा सम्पन्न निर्वाचनमार्फत सभापतिमा ७८ मतका साथ मगर निर्वाचित भएको निर्वाचन समिति सदस्य पुष्पराज पौडेलले जानकारी दिए ।
सभापति पदका लागि अर्जुन सुब्बा र मगर प्रतिस्पर्धामा थिए । सुब्बाले ५५ मत प्राप्त गरेको पौडेलले बताए । क्षेत्र नं १ अन्तर्गतका २१ वडाबाट सभापतिसहित कुल १४४ मतदाता चुनिएका थिए । जसमा ११ जना मतदानमा अनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार सभापति बाहेक अन्य सबै पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
उपाध्यक्षद्वयमा बिक्रम पन्धाक लिम्बु र हरदेव राजवंशी, सचिवमा कविन्द्र श्रेष्ठ र कला श्रेष्ठ तथा सहसचिवमा प्रकाश तामाङ र बालकुमारी श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कुमेत पाहान, विष्णुमाया तामाङ र निर्मल नेम्बाङ चुनिएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खड्ग बहादुर सुब्बा, बिनोद मेचे, हस्त आङ्देम्बे, सुबास गुरुङ, महिला सदस्यमा शशी थापा र मुनामाया राना निर्वाचिन भएका छन् ।
निर्वाचन समितिले नतिजा घोषणा गरे लगत्तै पार्टी कार्यालय पुगेर क्षेत्रीय शभापति इन्द्रबहादुर बुढाथोकी, महासमिति सदस्य राम कट्टेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरुले बधाई व्यक्त गरेका थिए ।
अध्यक्षमा निर्वाचित मगर स्वास्थ्य सेवामा कार्यरत कृयाशील स्वास्थ्यकर्मी हुन् ।
नवनिर्वाचित समिति :