झापा । नेपाल पत्रकार महासंघ झापा शाखामा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन, मिडिया नेपाल र स्वतन्त्र पत्रकारको श्रमजीवी व्यावसायिक पत्रकारहरूको संयुक्त समावेशी प्यानलको वर्चस्व भएको छ । १८ पदका लागि बुधवार भएको निर्वाचनमा संयुक्त समावेशी प्यानलले अध्यक्षसहित १४ पदमा जित हासिल गरेको छ ।
संयुक्त समावेशी प्यानलबाट अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । प्रेस युनियनका गिरीले १५५ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विशाल नेम्बाङले ७४ र नेपाल निकट प्रेस चौतारीका तीर्थ सिग्देलले २६ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा संयुक्त समावेशी प्यानलका केशव भट्टराई निर्वााचित भएका छन् । भट्टराईले १३१ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ र खेलकुद पत्रकार मञ्चका अध्यक्ष हिमालचन्द्र खरेलले २६ मत ल्याएका छन् । प्यानलबाट महिला उपाध्यक्षमा सुशीला सङ्ग्रौला १४० मत ल्याई निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका साबित्रा दाहाल १०७ मत ल्याइन ।
त्यसैगरी, सचिवमा प्यानलतर्फका प्रेस सङ्गठनका डिकेश लामाले १२८ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाल निकट प्रेस चौतारीका सुव्रत न्यौपानेले ९९ र स्वतन्त्रबाट प्रेमकुमार आचार्यले २५ मत ल्याएका छन् । खुला सहसचिवमा प्यानलका राजु पाठकले १५५ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका बिनोद सापकोटाले ९२ मत ल्याएका छन् ।
समावेशी सहसचिवमा प्यानलका अर्जुन राजवंशीले १७२ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी प्रेस नेपालका देशराज नेम्बाङले ७३ मत ल्याएका छन् । कोषाध्यक्षमा प्यानलका रञ्जित प्रसाईँले १३३ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका रमेश तिवारीले ११५ मत ल्याएका छन् ।
त्यसैगरी, प्यानलबाटै खुला सदस्यतर्फ मनीषा चम्लागाँई (१५१), विनोद पाण्डे (१४७), चिरञ्जीवी घिमिरे (१३३), होमप्रकाश अधिकारी (१२२), सुष्मा राजवंशी (११५), द्रोण अधिकारी (१०७) मत ल्याई निर्वाचित भएका छन् ।
प्रेस चौतारीबाट खुला सदस्यतर्फ सुनिरा मैनाली (१२१), अच्युतराज सुवेदी (१०७) र अनिल वाग्ले (१०५) मत ल्याई निर्वाचित भएका छन् ।
दलित सदस्यतर्फ रञ्जित परियार १४० र राजन साम्पाङ १२४ मत ल्याई निर्वाचित भएका छन् । महिला सदस्यमा स्वस्तिका आचार्य र मधेसी सदस्यमा सन्तोष शर्मा र्निविरोध निर्वाचित भएका छन् ।
केन्द्रीय परिषद् सदस्यमा गोपाल काफ्ले (१६९), ज्ञानेन्द्र निरौला (१६५) र कृष्ण हुमागाईँ (१४१) मत ल्याई निर्वाचित भएका छन् ।
प्रदेश परिषद् सदस्यमा सबै निर्विरोध भएका छन् । निर्वाचित हुनेमा समावेशी सदस्यतर्फ सन्तोष अग्रवाल, पुजन आचार्य, मनकुमार शर्मा, प्रदीप परियार, आत्माराम राजवंशी, पुकारचन्द्र राजवंशी र अनुषा चुँडाल र्निविरोध निर्वाचित भएका छन् ।
त्यस्तै खुला सदस्यतर्फ ईश्वर अधिकारी, उमानाथ भण्डारी, सागर गौतम, राजकुमार ओली, रोहित काफ्ले, राजु पौडेल, डिल्लीराम घोर्साई, तुलसीप्रसाद निरौला, वेणुप्रसाद अधिकारी, उत्तम नेपाल, टिकाराम उप्रेती निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
परिषद् सदस्य महिलातर्फ भीमा शिवाकोटी, रेजिना गौतम र्निविरोध निर्वाचित हुँदा जनजातिबाट दिपिन राईसमेत निर्विरोध निर्वाचित भएका छन् ।