बाहुण्डाँगी । मेचीनगरस्तरीय अन्तर मावि वक्तृता प्रतियोगिताको पहिलो चरणको छनोट सम्पन्न भएको छ ।
आइतबार मेचीनगर-४ स्थीत सरस्वती माविमा सम्पन्न पहिलो चरणको क्षेत्रीय छनोटबाट रिदम दुलाल, सिर्जना कार्की र रमित भण्डारी फाईनल प्रवेश गरेका छन् ।
ओसेनिक निर्माण अंग्रेजी माविका रिदम प्रथम, अंसु एकाडेमीकी सिर्जना द्वित्तीय र थेसीस अंग्रेजी माविका रमित तृतीयहुँदै फाइनल चरण प्रवेश गरेका हुन् ।
नगरस्तरीय दलित समन्वय समिति मेचीनगरले आयोजना गरेको प्रतियोगिताको पहिलो चरणको छनोटमा ९ विद्यालयका १८ प्रतियोगी सहभागी थिए ।
प्रतियोगिताको निर्णायकमा पूर्व शिक्षक पर्शुराम तिम्सिना, कर्मचारी राजकुमार श्रीवाल र संचारकर्मी शुस्मा राजवंशी रहेका छन् ।
प्रतियोगिताको पहिलो दिन वडा नं १-५, दोस्रो दिन सोमबार ६-८ र १० तथा तेस्रो दिन मंगलबार ९, ११-१५ वडाका विद्यालय सहभागी रहने छन् ।
प्रतियोगिताको उद्घाटनको अवसरमा प्रमुख अतिथि ४ नं वडाध्यक्ष अर्जुन कार्की, साना किसान कृषि सहकारी संस्थाका प्रवन्धक पोषक कुमार दर्जीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाकी अध्यक्ष रीता परियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी परियार र संचालन शिक्षक बिक्रम थापाले गरेका थिए ।
दोस्रो दिनको छनोट कार्यक्रम आदर्श मावि इटाभट्टा र तेस्रो दिनको छनोट बलभद्र मावि धाइजनमा सम्पन्न हुने संस्थाकी सचिव कबिता मिजारले जानकारी दिइन् ।
बुधबार हुने प्रतियोगिताको फाइनलमा प्रथम हुनेले १० हजार १२५, दोस्रो हुनेले ७ हजार १२५ र तेस्रो हुनेले ५ हजार २२५ नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।