मेचीनगर । शक्ति समूह नेपाल झापाको आयोजनामा मेचीनगर ६ काकरभिट्टा स्थित नमस्ते रेष्टुरेन्ट एण्ड बारको सभाहलमा सञ्चालित तालिमको आइतबार समापन गरिएको छ।
शक्ति समूह नेपाल झापा इलाम परियोजना संयोजक रिना बिकको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षक मिरा भट्टराई र रत्ना श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए।
मानव बेचबिखनमा परेका, जोखिममा रहेका महिला ,बालबालिका, युवा, विद्यार्थीलगायतलाई सेवा प्रदान गरिरहेका सेवा प्रदायकहरूका लागि यस तालिमको आयोजना गरिएको हो ।
तालिममा खेल तथा प्रयोगात्मक विधिको माध्यमबाट समस्या व्यवस्थापनका चारवटा विधिको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो।
तालिममा माइती नेपाल, साना हात नेपाल, आफन्त नेपाल, जीवन कल्याण समाज, स्वतन्त्र प्रतिष्ठान, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कार्यपालिका सदस्य, मेचीनगर महिला बालबालिका शाखा, न्यायिक मेलमिलाप समिति, स्वास्थ्य शाखा एवं विद्यालयका प्रतिनिधिहरू गरी २४ बढीको सहभागीता रहेको थियो ।
सोअवसरमा संस्था तथा समितिको प्रतिनिधित्व गर्दै मन्तव्य प्रस्तुत भएको थियो।
तालिम असार शुक्रबारबाट सुरू भएको थियो ।