मेचीनगर । मेचीनगरमा जारी नगरस्तरीय वक्तृता प्रतियोगिताको फाइनलमा १२ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम दिनको छनौटबाट उत्कृष्ट ४ प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेसँगै १२ फाइनलिष्टको टुङ्गो लागेको हो ।
मेचीनगर–११, धाइजनस्थित बलभद्र जनता माविमा सम्पन्न तेस्रो चरणको छनौटमा १२ विद्यालयका २३ विद्यार्थी सहभागी थिए ।
जसमा दन्तकाली अंग्रेजी मावि मेचीनगर–१२ की अनुष्का श्रेष्ठ, पारिजात पब्लिक स्कूल मेचीनगर–९ की जयन्ती बुढाथोकी, सरस्वती बाल कल्याण मावि मेचीनगर–१३ की प्रोशिमा घिमिरे र बाल सुबोधनी मावि मेचीनगर–१४ की सविना आचार्य फाइलनमा प्रवेश गरेका हुन् ।
यस अघि पहिलो दिनको छनौटबाट ओसेनिक निर्माण अंग्रेजी माविका रिदम दुलाल, अंसु एकाडेमीकी सिर्जना कार्की र थेसीस अंग्रेजी माविका रमित भण्डारी फाइलन प्रवेश गरेका छन् ।
त्यस्तै दोस्रो दिनको छनौटबाट धुलाबारी माविका दिब्या राय र सुदिप आचार्य, तारापुञ्ज अंग्रेजी मावि काँकरभिट्टाकी प्रितिका आचार्य, आदर्श मावि इटाभट्टाका दिपेश राउत तथा पशुपति अंग्रेजी मावि काँकरभिट्टाकी स्नेहा खड्का फाइलन प्रवेश गरेका थिए ।
दलित समन्वय समिति मेचीनगरको आयोजनामा जारी प्रतियोगिताको छनौट चरणमा नगरका संस्थागत तथा सामुदायिक गरी ३४ विद्यालयका ६३ विद्यार्थी सहभागी भएका थिए ।
प्रतियोगिताको फाइनल बिहीबार मेचीनगर–८ स्थित आदर्श माविमा सञ्चालन हुनेछ ।
मेचीनगर–११ अध्यक्ष रुद्र डाँकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बलभद्र जनता माविका प्रअ तुलसीप्रसाद सुवेदी, व्यवस्थापन समिति अध्यक्ष शान्तिराम चिमोरीया, प्रमुख अतिथि डाँगीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाकी अध्यक्ष रिता परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव कबिता मिजार र सञ्चालन शिक्षिका संस्कृती रिजालले गरेकी थिइन् ।
प्रतियोगिताको निर्णायकमा प्रध्यापक प्रेमसागर घिमिरे, पूर्व शिक्षक राजकुमार विश्वकर्मा र सञ्चारकर्मी शुष्मा राजवंशी छन् ।
मेचीनगर नगरपालिकाको आर्थिक सहयोग रहेको प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १० हजार १२५, ७ हजार १२५ र ५ हजार २५० रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।