बाहुण्डाँगी । मेचीनगर-४, बाहुण्डाँगीमा जेसीज धारा उद्घाटन गरिएको छ ।
स्वं टंकबहादुर देवकोटाको स्मृतिमा निर्माण भएको जेसीज धाराको सोमबार उद्घाटन गरिएको हो ।
प्रमुख अतिथि वडा नं ४ अध्यक्ष अर्जुनकुमार कार्की, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिमबहादुर कुँवरलगायतले धारा उद्घाटन गरे ।
सार्वजनिक उपयोगका लागि स्व. देवकोटाको स्मृतिमा श्रीमती नर्वदा देवकोटा, छोरा बुहारीहरु सुरज, अनिसा, खेम, कला देवकोटा तथा देवकोटा परिवारले धारा निर्माण गर्न आर्थिक सहयोग गरेका थिए । सो अवसरमा पारिवारिक सदस्यहरु गंगा देवकोटा, छोरी बिमला देवकोटालगायत सहभागी थिए ।
स्व. देवकोटाको स्मृतिमा परिवारका तर्फबाट मेचीनगरका विभिन्न वडामा यसअघि ४ वटा धारा निर्माण गरिसकेको पारिवारिक स्रोतले बताएको छ ।
बाहुण्डाँगीमा निर्माण सम्पन्न भएको धारा स्थापनाका लागि बाहुण्डाँगी जेसीजले समन्वय गरेको थियो।
योसंगै बाहुण्डाँगी जेसीजले यो वर्ष हालसम्ममा ४३ वटा कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक सामुल रायले बताए ।
कार्यक्रममा साना किसान सहकारी संस्था बाहुण्डाँगीका अध्यक्ष पोषककुमार दर्जी, नेकपा एमाले वडा कमिटी अध्यक्ष तिर्थ नेपाल, पूर्व अध्यक्ष बद्री निरौला, पत्रकार ज्ञानेन्द्र निरौला, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कुवँर, वडाध्यक्ष कार्कीलगायतले मन्तब्य राख्दै धारा निर्माण गर्न परिवारले गरेको लगानी तथा बाहुण्डाँगी जेसीजको समन्वयका लागि आभार प्रकट गरेका थिए ।
बाहुण्डाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देवु बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बाहुण्डाँगी जेसीजका कार्यक्रम संयोजक राय, आस्था वाचन कार्यकारिणी उपाध्यक्ष शुष्मा मिश्र तथा संचालन महासचिव कौशल उप्रेतीले गरेका थिए ।