मेचीनगर । मेचीनगर नगरपालिकाले शिक्षा नियमावली जारी गरेको छ ।
नगरको शिक्षा ऐन २०७६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को प्रभावकारी कार्यान्वयनका लागि ‘मेचीनगर नगरपालिकाको शिक्षा नियमावली २०८१’ जारी गरेको उल्लेख गरिएको छ ।
नेपालको संविधान २०७२ को अनुसूची-८ मा भएको संवैधानिक व्यवस्था तथा स्थानीय सरकार सञ्चालन ऐनलाई आधार मानेर शिक्षा नियमावली जारी भएको नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव होमनााथ भण्डारीले बताए ।
नगरको कार्यक्षेत्र भित्र पर्ने अधिकार तथा दायित्व पुरा गर्न नियमावलीले मार्ग प्रशस्त गर्ने भण्डारीले बताए । उनले नियमावली बालबालिकामा गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा पहुँचसहित समग्र मेचीनगरको शिक्षा क्षेत्रमा कोसेढुङ्गो सावित हुने दावी गरे ।
गत जेठ १५ गते कार्यपालिकाले स्वीकृत गरेको नियमावलीलाई असोज १६ गते नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले प्रमाणिकरण गरेसँगै जारी भएको छ । नगर राजपत्रमा प्रकाशित नियमावली पालिकाको वेबसाइटमा ब्ुधबार सार्वजनिक गरिएको छ ।
नियमावलीमा १६ परिच्छेद, १०३ नियम र १४ अनुसूची समावेश छन् ।
विद्यालय खोल्न दिइने निवेदन, अनुमती, स्वीकृतिको ढाँचा, करार, अनुदान शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा सहयोगी छनोट कार्यविधि, विद्यालय विकास प्रस्ताव, रमाना जस्ता विषयवस्तु अनुसूचीमा समेटिएको छ ।
हेर्नुहोस् नियमावली पूर्णपाठ :
‘मेचीनगर नगरपालिकाको शिक्षा नियमावली २०८१’