प्रिय पाठक,
सुदूरपूर्व आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । अहिलेसम्मको यात्रामा हामीसँगै जोडिनु हुने प्रिय पाठकहरुमा यो खबर सम्प्रेषण गर्न पाउँदा हामी हर्ष विभोर छौं । हाम्रो यात्रा अवधिमा हामीलाई गर्नु भएको निरन्तरको खबरदारी, सुझाव र रचनात्मक प्रतिक्रियाका लागि आभार प्रकट गर्दछौं ।
कोभिडको चुनौतीका बीच सुरु भएको हाम्रो यात्राले अभावमा जिउँन मात्र सिकाएन, प्रतिकुलतामा बाच्नसमेत प्रेरणा भ¥यो । निरन्तरको यात्रा त्यस्तै रापतापको परिणाम हो । सञ्चार जगतमा हाम्रो उपस्थिति सूचनाको महत्व र पत्रकारितामा उत्कृष्टता, शिष्ट एवम् स्पष्ट शैली निर्माण गर्नु पनि हो । हामी सोही धर्म निर्वाह गर्ने ध्याउन्नमै छौं ।
अहिलेको पत्रकारिता केवल समाचार सिर्जना गर्न मात्र जिम्मेवार छैन, समाजमा सकारात्मक परिवर्तन ल्याउने साँचोको रुपमा प्रकट हुँदैछ, हामी सदैव सोही धरातल माथि उभिने प्रयत्न गरिरहेका छौं । सधैँ सत्य र निष्पक्षता प्रदान गर्ने कबुल गर्दछौं ।
शिक्षालाई मूलधारमा राखेर समाचार पस्कन हाम्रा कलमहरु दुरुस्त छन् । शिक्षा समाजको मेरुदण्ड हो यस तथ्यलाई सरोकारवाला सबैले बुझ्न र बुझाउन हामीले चलाएका कलम सहयोगी सिद्ध भइरहेका छन् । हामीले उठाएका सामग्रीप्रति तपाईं पाठकको विश्वास र समर्थनले हामीलाई उर्जा भरिरहेका छन् । यही हौसलाले गर्दा हामीले खासगरी शिक्षा क्षेत्रमा तथ्याङ्कगत सूचना र समाचारहरु पस्किरहेका छौं ।
तपाईंहरुको विश्वास हाम्रा लागि उर्जाका स्रोत बनिरहने छन्, र हामी यसलाई अझ मजबुद बनाउन निरन्तर प्रयासरत रहने छौं । यात्रा जारी छ । हामी सबैको ‘सुदूरपूर्व’ बन्ने लक्ष्य पछ्याइरहेका छौं ।
यही विश्वासका साथ वार्षिक उत्सवको अवसरमा समस्त पाठकमा आभार, बधाई एवम् शुभकामना । जय कलम ।। जय कलमवीर ।।
– सुदूरपूर्व