इलाम। कास्कीको मादी गाउँपालिका र इलामको रोङ गाउँपालिकाबीच साक्षतात्कार भेला सम्पन्न भएको छ ।
देशका विभिन्न नमुना गाउँपालिका तथा नगरपालिकाको भ्रमणका क्रममा भूवि नेपालको इलाम आइपुगेका मादी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको टोलीले रोङ गाउँ पालिकाको गतिविधिहरुका बारेमा जानकारी लिएको थियो ।
पछिल्लो समय स्थानीय उत्पादनहरुलाई प्राथमिकतामा राखेर काम गर्दै आएको रोङ गाउँपालिकाले गरेका सकरात्मक कार्यहरुको अनुसरण गर्नु पर्ने सहभागिले बताएका थिए ।
विशेषत: कृषि पर्यटन, कृषि सहकारी संस्थाहरूको समन्वय र पालिकाको सहयोगमा स्थापित कृषि उद्यमशिलता गुन्द्रुक ब्राण्डिङ र प्रर्बधन शिक्षालाई आधुनिकीकरण, स्वच्छ नागरिक स्वास्थ्य कार्यक्रम पुर्वाधार विकासमा पालिकाको असल अभ्यासहरु आदानप्रदान गरिएको थियो ।
रोङ गाउँ पालिका अध्यक्ष मनिकुमार स्याङ्बो (सुभाष)को अध्यक्षतामा भएको कार्यक्रममा मादी गाउँ पालिका उपाध्यक्ष कल्पना गुरुङ्ग, मादी गाउँ पालिका प्रबक्ता भोज बहादुर गुरुङ, मादी गाउँ पालिका वडा नं ४ का वडाध्यक्ष शिव प्रसाद सापकोटाले मादी गाउँ पालिकाको १२ वटा वडाहरुको विशेषता साथै समग्र पालिकाको कृषि पर्यटन शिक्षा स्वास्थ्य पुर्वाधार र सामाजिक सास्कृतिक विषयमा आफ्नो असल अभ्यासहरु र रोङ गाउँ पालिकाको तर्फबाट पालिका भित्रका ६ वटा वडाहरुको कार्यक्रम अध्यक्षता रोङ गाउँ पालिका अध्यक्ष मनि कुमार स्याङ्बो (सुभाष) ले स्पष्ट पारेका थिए ।
कृषिको उर्वर क्षेत्रका रुपमा रहेको इलामको यस गाउँपालिकाले गरेको अभ्यासलाई आफ्नो गाउँपालिकामा समेत लागु गर्ने वडा नम्बर ४ का अध्यक्ष शिव सापकोटाले बताउए।
उनले जनप्रतिनिधिहरु सेवक भएको बताउँदै आम नागरिकका हितमा हुने काम गर्दै आएको समेत बताए ।
यो गाउँपालिका पोखरा उपमहानगर पालिकाको नजिकमा रहेको गाउँपालिका हो ।