मेचीनगर । बाहुण्डाँगी जेसीजको संयोजनमा निर्माण भएको जेसीज धारा उद्घाटन गरिएको छ । धारा मेचीनगर ४ आमडाँगीमा रहेको शिवालय मन्दिरमा निर्माण गरिएको हो ।
मेचीनगर ४ आमडाँगीका राहुल भातरी (रबिन) ले आफ्ना बुबा टिकाराज भारतीको स्मृतिमा निर्माण गरिदिनु भएको उक्त जेसीज धाराको लक्ष्मी पुजाको अवसर पारेर उद्घाटन गरिएको हो ।
यस अघि टंकबहादुर देवकोटाको स्मृतिमा पहिलो जेसीज धारा निर्माण गरिएको थियो । वैदेशिक रोजगारीको क्रममा दुवहीमा रहेर काम गर्दै आएका भारतीले यस अघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका थिए ।
बाहुण्डाँगी जेसीजले वर्ष २०२४ मा गरेको कामलाई नजिकबाट नियालेका भारतीले जेसीजका अध्यक्ष देबु बानियाँलाई आफ्ना बुबाको स्मृतिमा धारा निर्माण गरिदिन आग्रह गरेका थिए । साथै भारतीकै लगानीमा तिहारपछि बाहुण्डाँगीको प्रकृति पार्कमा जेसीज चौतारा समेत निर्माण गर्ने तयारी रहेको छ ।
जेसीजका अध्यक्ष देबु बानियाँको सभापतित्व तथा सविधान सभा सदस्य रबिन कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, काँकरभिट्टा खानेपानीका उपाध्यक्ष गोविन्द गिरीले मानवीय क्षेत्रमा गरेको कामप्रति प्रशंसा गरेका थिए ।
कार्यक्रममा परिवारका आमा जानुका भारती, एरिना भारती, निवर्तमान अध्यक्ष केवल निरौला, मन्दिर समितिका पूर्व अध्यक्षहरु रामु गौतम, रमेश दाहाल र भानुभक्त गौतम, वडा अध्यक्ष गीता लुंगेली, पवन बराइली, प्रविन चापागाइलगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
डिल्लीराज भारतीको संयोजकत्वमा भएको कार्यक्रमको सन्चालन कोषाध्यक्ष नित्यानन्द चम्लगाईले गरेका थिए ।