धुलाबारी । मेचीनगर-१०, धुलाबारीमा रहेको शान्ति समाज बाल क्लबले 'स्पोर्ट्स डे' मनाएको छ ।
शनिबार धुलाबारीमा आयोजित कार्यक्रममा ५० बढी बालबालिका सहभागी थिए ।
कार्यक्रममा टेबल टेनिस, ब्याडमिन्टन जस्ता मनोरञ्जनात्मक विभिन्न खेलहरू समावेश थिए ।
कार्यक्रम सुरु हुनुअघि इलाका प्रहरी कार्यालय धुलाबारीसँगको सहकार्यमा शान्ति समाजको सामुदायिक भवनदेखि धुलाबारी चोकसम्म र्याली आयोजना भएको थियो।
खेलमा समावेश भएका बालबालिकाहरूका लागि पुरस्कार समेत वितरण गरिएको थियो ।
सो अवसरमा सहयोगी दम्पती दिपेन्द्र पोखरेल र विजया पोखरेललाई सम्मान गरिएको थियो।
वडा नम्बर १० का अध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शान्ति समाजका अध्यक्ष इन्द्रबहादुर थापा, वडा नम्बर १० का जनप्रतिनिधि विशाल कार्की, शान्ति समाज टोल विकास संस्थाका अध्यक्ष सहभागी थिए ।
शान्ति समाज बाल क्लबकी अध्यक्ष आयुष्मा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बाल क्लबकी सचिव जस्मिन चुडालले गरेकी थिइन् ।