मेचीनगर । नवोदित गायक जीवन धितालको स्वरमा रहेको दुखी रहेछ जिन्दगी बजारमा आएको छ ।
गीतकार विरही अधिकारीको शब्द रचना रहेको गीतमा हरी पौडेलले सङ्गित भरेका छन् ।
कलाको माध्यमबाट जीवन गुजार्न नेपाली समाजमा व्यहोर्नुपर्ने सकस गीतको पार्श्व दृश्यमा देख्न सकिन्छ ।

गीतमा समावेश नेपाली समाजमा साहित्यकारहरुले आफ्नो सिर्जना पस्कन झेल्नुपरेको संघर्षको दृश्यले दर्शक एवम् पाठकलाई भावुक बनाउँछ ।
साङ्गीतिक क्षेत्रमा अनवरत जीवन खर्चेका सर्जकको उपस्थितिले गीतको ओज बढेको पाठकहरुले प्रतिक्रिया दिएका छन् ।
गीतलाई एक कार्यक्रमको आयोजना गरी केही दिनअघि भद्रपुरस्थित एयरपोर्ट होटलको सभाहलमा विमोचन गरिएको थियो ।
गीतलाई शुक्रवार बेलुकी ओएसआर डिजिटल यूट्युब च्यानलबाट रिलिज गरिएको छ ।
कृष्ण अनमोलले भिडियो निर्देशन गरेको गीतको एरेन्जर ध्रुव आचार्य रहेका छन् ।
एडी रेकर्डिङ स्टुडियो काँकरभिट्टामा रेकर्ड गरिएको गीतलाई सिलिगुडीमा मिक्सिङ गरिएको हो ।
सुधिरसिंह बराइली रेकर्डिष्ट रहेको गीतमा कलाकारहरु कृष्ण अनमोल, सृष्टि आचार्य, महेन्द्र कोइराला, अर्जुन खरेल, सनम शाह शंकर, रोनी सुन्दासलगायतका कलाकारहरुको अभिनय गरेका छन् ।
यूूट्युबमा पूरा गीत हेर्न :
दुखी रहेछ यो जीन्दगी.......
https://youtu.be/EeSAE-C8JZ4?si=AKhdrMdGdP1o1vm9
हेर्नुहोस् गीत :