मेचीनगर । झापामा जारी निषेधाज्ञााई असार १४ गतेसम्मलाई थप गरिएको छ । जिल्लामा सोमबार बसेको डिसीसीएमसीको बैठकले आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार १४ गते राति १२ बजेसम्मका लागि कायम राख्ने निर्णय गरेको हो ।
बैठक पछि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाद्वारा जारी आदेशमा निषेधाज्ञामा खुल्ने पसलहरुको क्षेत्र बढाइएको छ ।
हाल खुल्दै आएका अत्यावश्यक पसलहरुको समयलाई बढाइएको छ । जुन विहान ६ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
यस अघि खुल्दै आएका खाद्यान्न, औषधी सेवा, इन्धन, सागसब्जी, माछामासु, दुध, डेरी, पुस्तक, हार्ड वेयर तथा निर्माण जन्य पसललाई निरन्तरता दिइएको छ ।
यसका साथै लत्ता कपडा, जुत्ता चप्पल, टेलरिङ, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी/मोटरसाइकल ग्यारेज, प्लाष्टिक तथा मेशीनरी पसल, इलेक्ट्रोनिक्ससमेत विहान ६ बजेदेखि मध्यान्न १२ बजेसम्म खोल्न पाइने आदेशमा उल्लेख गरिएको छ ।
होटल तथा रेष्टुरेन्टका टेक अवे सेवा मात्र सञ्चालन गर्न पाइने छ । मल खाद, बिउ विजन, कुखुरा चल्ला दाना पसल, पशुपंक्षीका आहारा तथा कृषी सम्बन्धि पसल भने विहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
सिनेमा हल, पार्टी प्यालेस, सैलुन, मनोरञ्जन स्थाल, पार्क, स्विमिङ पुल, ब्युटि पार्लर जिम खाना तथा समुहमा खोलिने सबै खाले पसल बन्द गर्न भनेको छ ।
अत्यावश्यक वाहेकका सबै खाले सार्वजनिक तथा नीजि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
अत्यावश्यक सेवा सञ्चालन गर्ने वाहेकका सम्पूर्ण कार्यालयहरुको सेवा स्थगन गर्ने प्रजिअ तिमिल्सिनाद्वारा जारी आदेशमा उल्लेख छ ।
झापामा पूर्ण निषेधाज्ञाको अवधिलाई छैटौं पटक थप गरिएको हो ।