मेचीनगर । आगामी आर्थिक वर्षका लागि १ अर्ब ५३ करोडबढी बजेट विनियोजन गरेको मेचीनगर नगरपालिकाले बजेटलाई विभिन्न शीर्षकमा वर्गिकरण गरेको छ ।
बिहीबार नगर सभामा नगर उपप्रमुख मीना उप्रेतीले प्रस्तुत गरेको बजेटमा ब्ययतर्फका योजना तथा कार्यक्रमहरु प्रस्तुत गरिएको छ ।
जसमा आर्थिक विकास अन्तर्गत सहकारीतर्फ १० लाख, कृषि तथा पशुतर्फ ६ करोड ६ लाख, सुशासन तथा क्षमता विकासतर्फ ३ करोड २४ लाख ५० हजार बजेट छुट्याएको छ ।
उद्यम विकासमा २८ लाख, वन, वातावरण तथा विपद व्यवस्थापनमा २ करोड ९९ लाख बजेट विनियोजन गरेको छ । विधायनतर्फ १५ लाख छुट्याएको छ ।
यो पटकको बजेटमा आधारभूत आवश्यकता अन्तर्गतका क्षेत्रहरु शिक्षा, स्वास्थ्य तथा खानेपानीमा नगरले उल्लेख्य बजेट विनियोजन गरेको बताएको छ ।
जस अन्तर्गत सामाजिक विकासतर्फ शिक्षामा ३५ करोड ८३ लाख ५० हजार, स्वास्थ्यमा ६ करोड ९६ लाख, खानेपानीतर्फ १ करोड ५० लाख बजेट छुट्याएको छ ।
महिला, बालबालिका ज्येष्ठ नागरिक अन्तर्गत १ करोड ३ लाख १० हजार, लक्षित समुह कार्यक्रमअन्तर्गत २ करोड १० लाख बजेट प्रस्तुत गरेको छ ।
विपन्न तथा सुकुम्बासीका लागि ६३ लाख अन्य सामाजिक विकासका लागि ३ करोड ७३ लाख बजेट विनियोजन गरेको छ ।
पर्यटन प्रवद्र्धनतर्फ ५८ लाख, खेलकुदमा ६८ लाख बजेट छुट्याएको छ । न्यायिक समितितर्फ २० लाख तथा मर्मत संभार कोषका लागि २५ लाख छुट्याएको छ ।
वहुबर्षीय योजनातर्फ ४४ करोड ५२ लाख ६९ हजारबढी रकम छुट्याउँदा कार्यपालिका सदस्य भौतिक पूर्वाधारतर्फ १ करोड २० लाख रकम विनियोजन गरेको छ ।
वडा स्तरीय भौतिक पूर्वाधार विकासमा ७ करोड ५० लाख, नगर स्तरीय भौतिक पूर्वाधार विकासतर्फ २ करोड ९६ लाख, समपुरक साझेदारीमा ४ करोड बजेट तोकेको छ ।
त्यस्तै ५०÷५० प्रतिशत भौतिक पूर्वाधार विकासमा १ करोड, ट्राफिक संकेत व्यवस्थापन तथा प्रिमिक्स कार्पेटिङमा ५० लाख, पूँजीगत दायित्व भुक्तानीतर्फ १ करोड तथा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ८ करोड ५७ लाख ५० हजार बजेट विनियोजन गरेको नगर सभामा उपपप्रमुख उपप्रमुख उप्रेतीले बताइन् ।
बिहीबार प्रस्तुत भएको नीति तथा कार्यक्रम तथा बजेट उपर शुक्रबारबाट टिप्पणी एवम् सुझाव प्रस्तुत हुने नगरपालिका स्रोतले जनाएको छ ।