मेचीनगर । मेचीनगर नगरपालिकाले आठौं नगर सभाबाट आगामी आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेट प्रस्तुत गरेको छ ।
नगर सभामा बजेट प्रस्तुत हुँदै गर्दा बजेट केन्द्रित वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
नगर सभामा प्रस्तुत गरिएको योजना तथा कार्यक्रममा नगरको गहन जिम्मेवारी बोध हुने गरी योजना तथा कार्यक्रम अघि सारिएको दावी गरिएको छ ।
वजेट, योजना तथा कार्यक्रमका मुख्य लक्ष्यहरु यस प्रकार रहेका छन् :
– प्रत्येक वडामा न्यूनतम २ किमीका दरले नगर क्षेत्र भित्र ३० किमी कालोपत्रे सडक निर्माण गरिने साथै प्रत्येक वडामा थप १ किमीका दरले कालोपत्रे सडक प्रारम्भ हुने,
– आफ्नै स्वामित्वको जग्गामा निर्माण भई नगरका सबै वडा कार्यालयहरुको सेवा प्रवाह आफ्नै भवनबाट हुने,
– सबै वडाहरुमा आधारभूत स्वास्थ्य चौकीहरुको सेवा विस्तार गरिसकिएको अवस्थामा स्वास्थ्य चौकीहरुको भवन निर्माण कार्य अगाडि बढाइएको,
– आधारभुत स्वास्थ्य चौकीहरुको ल्याब यसै वर्ष स्थापना गरिने, काँकरभिट्टामा रहेको स्वास्थ्य चौकीलाई श्रीजंङ्गा स्वास्थ्य चौकीको रुपमा विकास गरिने,
– पूर्वाधार विकासतर्फ नगरको गौरवको योजना रुपमा बहुआयामिक संस्कृत संग्राहलय, कृषि अनुसन्धान केन्द्र तथा वाटर वल्र्ड पार्क, युवा शिव विकास केन्द्रको निर्माण प्रक्रिया प्रारम्भ गर्ने,
– नगरको सम्पूर्ण क्षेत्रमा खानेपानी सेवा विस्तारका लागि ग्रामिण खानेपानी आयोजना, शहरी क्षेत्रका लागि एकीकृतरुपमा अघि बढाउन मेचीनगर सहलगानी खानेपानी उपभोक्ता समिति निर्माण गरी खानेपानी वितरणको सुनिश्चितता गराइने,
– नगर विकासका लागि भौतिक पूर्वाधारहरु सडक, अस्पताल, रंगशाला, उद्योगग्राम, कषि बजार, पार्क जस्ता क्षेत्रहरुलाई पहिलो प्राथमिकतामा राखी निर्माण प्रकृया अघि बढाइने,
– नगर भित्र स्थापना भइ सञ्चालनमा रहेका सञ्चार गृहहरुलाई लोक कल्याणकारी विज्ञापन दिई संस्थागत विकासका लागि सहयोग पु¥याइने, नगर भित्र क्रियाशिल सञ्चारकर्मीहरुको संस्थागत विकासका लागि गठित प्रेस क्लब मेचीनगरको प्रभावकारीता अभिवृद्धिका लागि आवश्यक पूर्वाधार विकास गरिने,
– विद्यार्थीको स्वास्थ्यलाई खेलकुदसँग जोडेर प्रत्येक विद्यालयमा राम्रो खेल मैदान, खेलकुद शिक्षक तथा खेल सामग्रीको व्यवस्था मिलाइने, विद्यालयमा कम्प्युटर शिक्षाको प्रबन्ध मिलाइ सोको लागि आवश्यक शिक्षकको व्यवस्था मिलाइने,
– सबै वडाहरु ज्येष्ठ नागरिक र दीर्घरोगीहरुका लागि वर्षमा कम्तिमा एक पटक निःशूल्क स्वास्थ्य परीक्षणसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने,
– नगरका सबै बालविकास केन्द्रका कक्षा व्यवस्थित बनाइने तथा वाल विकास केन्द्रका शिक्षकको पारिश्रमिक न्यूनतम १५ हजार रुपैयाँ बनाइने,
– नगरका सबै माध्यमिक विद्यालयका अनलाइन शिक्षाका लागि आवश्यक प्रविधि जडान हुने,
– प्रत्येक वडामा वडा स्तरीय बाल क्लब र नगरमा नगर स्तरीय बाल सञ्जाल निर्माण तथा सञ्चालन हुने,
– अति विपन्न समुदायका ३० जना महिलाहरुले शिप प्राप्त गरी ब्यवसाय सञ्चालन गर्ने,
– सामुहिक खेतीका लागि नगर भित्र ७५ भन्दाबढी कृषि तथा पशुपालनका समुह गठन भई व्यवसायिक उत्पादनमा सहभागी हुने,
– सुकुम्बासी, भूमिहीन, दलित समुहका ३ सय परिवार तरकारी, बागवानी र फ्लोरीकल्चर खेतीपाती समावेश भई रोजगार बन्ने,
– नगर भित्र गरीब घर परिवार पहिचान भई परिचय पत्र वितरण हुने,
–सुरक्षीत आवास कार्यक्रम अन्तर्गत २ सय ४९ घर निर्माण हुने,
– विभिन्न रोजगार कार्यक्रम तथा योजनामार्फत ५ हजार रोजगारी सृजना हुने,
– आम्दा मेची अस्पतालको भौतिक पूर्वाधार निर्माण, आइसियू, भेन्टिलेटरसहितको सेवा विस्तार गरी कोभिड संक्रमितको उपचार हुने ब्यवस्था मिलाइने, सोको लागि निजी तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाको सहभाीता जुटाउने गरी आम्दा मेची अस्पतालको लागि नगरपालिकाबाट थप ७५ लाख रुपैयाँ विनियोजन गरिने,
– बाहुनडाँगी र ज्यामिरगढीमा बर्थिंग सेन्टरको स्थापना गरी एम्बुलेन्स सेवा सञ्चालन गर्न पहल गरिने, काँकरभिट्टा स्वास्थ्य चौकीमा एक जना डाक्टरको दरबन्दी सृजना गरी स्वास्थ्य उपचार सेवा विस्तार गरिने,
– फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, र मार्शल आर्ट जस्ता खेलको नगरस्तरीय टिम निर्माणका लागि नगरस्तरीय प्रतियोगिता सञ्चालन गर्ने,
– नगर क्षेत्र भित्र स्थायी वसोवास गरी राष्ट्रिय खेलाडीको रुपमा प्रतिनिधित्व गर्ने खेलाडीलाई नगर गौरवका खेलाडी घोषणा गरी सम्मान तथा प्रोत्साहन गर्ने,
– मेचीनगर गोल्डकप र मेचीनगर रोलिङ क्बल ए डिभिजन गोल्डकप प्रतियोगिता सञ्चालन गर्न बजेट व्यवस्थापन गर्ने, नदी उकास तथा सार्वजनिक जग्गाहरु मध्ये उपयुक्त क्षेत्रमा नगरस्तरीय खेल मैदान, पार्क, खुला क्षेत्र विकास गरिने,
– कृषि क्षेत्रको व्यवसायीकरणका लागि कृषि मण्डी, कृषि बजारको निर्माण प्रकृया प्रारम्भ गरिने,
– कोभिड संक्रमण जोखिमका कारण समस्यामा परेका होटल तथा अन्य व्यवसायलाई मध्य नजर गर्दै चालु आर्थिक वर्षमा कायम रहेको कर दस्तुरमा २५ प्रतिशत छुट गरी कर तथा दस्तुर कायम गरिने,
यसरी नगरले केही महत्वकाक्षीसहितका योजना अघि सारेको देखिएको छ ।
नगरले प्रस्तुत गरेका नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन तथा बजेटको समुचित उपयोगका लागि सरकोरवाला सबैले नगरलाई आवश्यक सुझाव तथा खबरदारी गर्न जरुरी छ ।
नगरको आठौं नगर सभामा प्रस्तुत भएका नीति तथा कार्यक्रम एवम् बजेटको सम्बनधमा नगर सभामा बहस जारी छ ।