काँकरभिट्टा । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजता कोइरालाले झापामा व्यवसायीक रबर खेतीलाई प्रवद्र्धन गरिने बताएकी छिन् ।
झापाको बुद्धशान्तिमा रबर ग्राम घोषणा कार्यक्रमको उद्घाटन गर्न बुधबार झापा आइपुगेकी कोइरालाले रबर खेतीको प्रवद्र्धन गर्दै युवाहरुलाई रोजगार सृजना गर्ने बताईन् ।
काँकरभिट्टामा पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा जीपी फाउण्डेशनकी अध्यक्षसमेत रहेकी नेतृ कोइरालाले कृषीमा अत्मनिर्भर बन्न अब रबर खेतीले महत्वपूर्ण सहयोग पु¥याउने बताइन् ।
राजनीतिक अस्थिरताका कारण देशमा कृषि क्षेत्रको प्रवद्र्धन हुन नसकी रहेका बेला जीपी फाउण्डेशनले रबर खेतीमार्फत स्थानीय नागरिकको आयश्रोत उकास्ने दावी गरिन् ।
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रबर खेतीमा देखिएको रुचीलाई पूर्णता दिन व्यवसायीक रबर खेती सुरु गरिएको उनले जानकारी दिइन् ।
झापाको चन्द्रगढी विमानस्थलबाट सोझै रबर ग्राम घोषणा हुन गइरहेको झापाको बुद्धशान्ति ३ स्थित आदर्श नमूना सामुदायिक क्षेत्रको स्थलगत अवलोकन गर्न पुगेकी फाउण्डेशनकी अध्यक्ष कोइरालाले झापाको बुद्धशान्तिलाई रबर ग्राम घोषणा गर्दै नागरिकको आर्थिक उपार्जन बढाउन जीपी फाउण्डेशनले काम गर्ने बताएन् ।
झापा पछि मोरङ, सुनसरी, इलाम लगायतका पूर्व क्षेत्रमा व्यवसायिक रबर खेती सुरु गर्ने उनले बताइन् । रबर ग्राम घोषणा गर्न झापा आइपुगेकी नेत्री कोइरालाले समसामयिक राजनीतिक बिषयमा केही प्रतिक्रिया दिन चाहिनन् ।
राजनीतिक वृत्तमा मात्र नभई जुनसुकै क्षेत्रमा सहमति, सहकार्य र एकता आवश्यक रहेकोे बताउँदै नेतृ कोइरालाले अब आम जनताको जीवनस्तरलाई उकास्न लाग्नुपर्नेमा जोड दिइन् ।
बिहीबार एक कार्यक्रमका बीच नमुना सामुदायिक बन बुद्धशान्ति ३ मा रबर ग्राम घोषणा गरिदैंछ ।